News

श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने साह कसुरदार ठहर

श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने साह कसुरदार ठहर

छुट्टिएर बसेकी श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने जनकपुरका सञ्जीव साहलाई धनुषा जिल्ला अदालतले कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ । एसिड विक्रेता नागेन्द्र साहलाई भने अदालत सफाई दिएको छ।

जिल्ला अदालतका न्यायाधिश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गर्ने आरतीका श्रीमान् सञ्जीवलाई कसुरदार ठहर गरेको हो । सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रमै अर्को फैसला हुने अदालतले जनाएको छ ।

आरतीको तर्फबाट सरकारी वकिल कार्यालय जनकपुरका प्रमुख सिताराम अर्याल, रिंकुकुमारी यादव र अच्यूतम आचार्यले बहस गरे भने प्रतिवादीका तर्फबाट सुदीप कोइराला, दीपक केसी र अरुणकुमार झाले बहस गरेका थिए ।

०७७ कात्तिक २९ गतेको सञ्जीवले जनकपुरधाम–७ पेठिया इलाकामा बस्ने २२ वर्षीया आरती र ४ वर्षीया छोरी रियालाई एसिड प्रहार गरेका थिए । एसिड आक्रमणले आरतीको दाहिने आँखा गुमेको छ भने अनुहारको दायाँ भाग, छाती र हात जलेको छ । । उनको काठमाडौंमा उपचार भईरहेको छ।

एसिड प्रहारले आरतीको आरतीलाई लक्षित गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रियाको बायाँ हात पनि जलेको थियो ।

५ वर्षअघि विवाह गरेका सञ्जिव र आरती बिहेको दुई वर्षपछि नै छुट्टाछुट्टै बस्न थालेका थिए । आरती तरकारी बेचेर गुजारा चलाउथिइन् । सञ्जीव विभिन्न पसलमा काम गर्थे ।

लेनदेनको विषयमा दुवैबीच झगडा थियो । सोहि क्रममा सञ्जिवले  आरतीलाई एसिड प्रहार गरे । घटनापछि फरार रहेका श्रीमान् सञ्जीव साहलाई सोहि दिन साँझ र एसिड विक्रेता निखिल स्टोरका संचालक नागेन्द्र साहलाई अर्कोदिन ५८ बोतल एसिडसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सञ्जीव र नागेन्द्रको विरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुरसहित ३ वटा मुद्दा दर्ता गर्दै मुलुकी ऐन र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार १५ वर्ष ६ महिना कैद सजाय र क्षतिपूर्ति माग गरिएको थियो ।

फोटोः आफनै श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साह

यो पनि

४३ लिटर एसिडसहित धनुषामा एक ब्यक्ति पक्राउ

एसिड प्रहार

विशेष