News विचार

ओली समुहमा असन्तुष्टिको आगोको लप्का देखिन थालेको छ, खरानी उड्न वाँकी छ

रामप्रसाद रिजाल

ओली समुहमा असन्तुष्टिको आगोको लप्का देखिन थालेको छ, खरानी उड्न वाँकी छ

नेकपा एमालेको बिवाद मिल्ने भन्दा फुट्ने दिशातिर अघि बढी रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा सिनियर नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई एमालेमा प्रवेश गर्न नदिने ओलीको चाहनाले गर्दा एमाले बिभाजनतिर अगाडि बढेको हो ।

नेपाल–खनाल समूहका प्रभावशाली नेताहरुलाई झुठो प्रलोभनमा पारेर आफुतिर तान्न ओली कम्मर कसेर लागेका छन । ओलीको गुलियोमा भुलिएर केही नेपाल पक्षका नेताहरु पनि पार्टी एकता भन्दै उतैतिर दौडधुप बढाईरहेका छन । यो कुरा कम्युनिस्ट आन्दोलनका महानायक नेपाली राजनीतिका शिखर पुरुष कमरेड माधवकुमार नेपालले नबुझ्ने कुरै भएन ।

नेपाल र खनाल एमाले पार्टीमा रहे आफ्नो वर्चस्व गुम्ने डरले ओलीले उनीहरुलाई एमालेमा प्रदेश निषेध गरेको ओलीको गतिविधिले देखाईरहेको छ । एमालेका वरिष्ठ नेता नेपाल पार्टी एकताको पक्षमा हुनुहुन्छ । नेपालले ओलीको निरंकुश प्रबृत्तिलाई अंकुश लगाएर एमालेलाई  विधि र पद्धतिमा चलाई बलियो बनाउन खोजीरहनु भएको मात्र हो ।

ओली पक्षका नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ्ग र पृथ्वी सुब्बा गुरुङ लगाएतका नेताहरू   एमाले एकता गर्न दुई अध्यक्षमा जाने तथा ओली र नेपालको हस्ताक्षर चलाउने गरी सहमतिको प्रयासमा थिए । तर, उनीहरुको यो प्रस्तावलाई ओली, महासचिव ईश्वर पोख्रेल, नेता शंकर पोखरेल, विष्णु रिमाल लगाएतले ठाडै अस्विकार गरेपछि ओली नै एमाले विभाजन गर्न लागेको स्पष्ट हुन्छ ।

ओलीले जे भन्यो त्यही मानेर जाने दासहरू मात्र ओलीको समुहमा अटाउने अवस्था बनेको छ । पार्टी एकताका पक्षमा सकारात्मक कुरा राख्नेहरूलाई ओलीले ‘मेरो विपक्षमा र माधव नेपालको पक्षमा लाग्ने ?’ भन्दै हकार्न थालेपछी ओली समुहमा भित्र भित्रै असन्तुष्टिको आगो दन्किरहेको छ । त्यसको धुवाँ देखिन थालेको निकै समय वितेको छ, अव खरानी उड्न मात्र वाँकी छ।

रामप्रसाद रिजाल

विशेष