News

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको जनमैत्री अस्पतालले महानगरलाई कर तिरेन

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको जनमैत्री अस्पतालले महानगरलाई कर तिरेन

लामो समयदेखि कर नवुझाएपछि शेरवहादुर देउवा सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालको सेवा वन्द गर्ने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरले प्रकाशित गरेको कर नतिर्ने ५२ जनाको सूचीमा राज्यमन्त्री श्रेष्ठको अस्पतालको नाम २३औं नम्बरमा छ। जनमैत्री अस्पतालमा संचारकर्मी रवी लामिछानेको पनि शेयर थियो। तर उनले आफु अस्पतालवाट वाहिरिएको पत्र अस्पताललाई वुझाएका छन् ।

महानगरको यो सूचीमा अजयराज सुमार्गी पराजुली पनि रहेका छन्। व्यवसायी सुमार्गीको नाम ४९ औं नम्बरमा रहेको छ।

महानगरले धेरै अघिदेखि कर उठाउन ताकेता गर्दासमेत असुल नभएपछि सार्वजनिक सूचना जारी गरेको हो।  महानगरले उनीहरुलाई कर तिर्न ३० दिनको अल्टिमेटम दिएको छ।

कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने  महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिएका छन् । 

उमेश श्रेष्ठ जनमैत्री अस्पताल

विशेष