News विदेश

जम्मु काश्मीरका विद्यायहरुको नाम परिवर्तन, सहिदहरुको नाम राखियो 

जम्मु काश्मीरका विद्यायहरुको नाम परिवर्तन, सहिदहरुको नाम राखियो 

 
जम्मु काश्मीरमा सञ्चालित विद्यालयहरुको नाम परिवर्तन गरिएको छ । उक्त नाम परिवर्तन गर्दै भारतीय सेना, पुलिस र सीआरपीएफका सैनिकहरु र अधिकारीहरुको नाममा राखिएको छ । 

राष्ट्र सेवाको क्रममा ज्यानको बलिदानी दिएका सुरक्षा अधिकारीहरुको नाममा उक्त विद्यालयहरुको नाम राखिएको छ । एक आधिकारिक सूचना अनुसार सहायक आयुक्तको नेतृत्वमा त्यस्ता सहिदहरुको नाम खोजर सफारिस गर्नका लागि समिति गठन गरिएको थियो । 

त्यसैगरि त्यसरी नाम राखिने विद्यालयहरुको सूचीसमेत पत्ता लगाउन आग्रह गरिएको थियो । 

प्रशासनले स्थानीय अधिकारीहरुलाई जिल्लास्तरमा एक समिति गठन गरी उचित प्रमाणिकरणपछि यस्तो विवरण तयार गर्न आग्रह गरेको थियो । उच्च पदस्थ अधिकारीहरुको नाममा त्यस्ता विद्यालयहरुको नाम राखिएको हो । 

जम्मु काश्मीरमा धारा ३७० को खारेजीपछि सरकारले शान्ति स्थापना गर्न र विकासका लागि ठूलो लगानी गरेको छ । शान्ति स्थापनाका लागि सुरक्षाकर्मीले पुर्याएको योगदानको पनि उच्च कदर गरिएको बताइएको छ । 

विशेष