News

सहिद परिवारलाई मासिक ३ हजार भत्ता दिइने 

सहिद परिवारलाई मासिक ३ हजार भत्ता दिइने 

सरकारले सहिद परिवारलाई मासिक ३ हजार भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सहिद परिवारलाई मासिक ३ हजार र दीर्घ रोगीलाई मासिक ५ हजार भत्ता दिइने बताएकाछन् । 

एमालेका सांसदहरुको नाराबाजीका बीच प्रस्तुत विधेयकमा उनले शहिद परिवार र दिर्घ रोगीलाई भत्ता दिने योजना समेटेको सुनाए । 

यस्तै शिक्षकहरुको स्वास्थ्य उपचारका लागि सरकारले छुट्टै अस्पताल बनाउने भएको छ। शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै उनले त्रिचन्द्र कलेज र घन्टाघरलाई पुरानै तरिकाले पूनर्निर्माण गरिने पनि अर्थमन्त्री शर्माले बताए ।

एमालेका सांसदहरुको नाराबाजीका बीच प्रस्तुत विधेयकमा उनले प्रत्येक प्रदेशमा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना समेटेको सुनाए। उनले सो केन्द्रलाई अत्याधुनिक बनाउने समेत बताए।

संसदमा उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय नक्शांकन गरिने बताए। शिक्षाको गुणस्तरका लागि विस्तृत योजना बनाई कार्यान्वयनमा ल्याइने बताउँदै अर्थमन्त्री शर्माले प्राविधिक शिक्षा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम तय गरिएको बताए ।

सो अन्तर्गत प्रदेशका केही विद्यालयलाई नमूना विद्यालयका रुपमा सञ्चालन गरिने उनको भनाइ छ ।

जनार्दन शर्मा

विशेष