News अर्थ अपराध सुरक्षा

सम्पत्ति शुद्धिकरणमा पर्शुरामलाई सफाइ, महेशलाई तनाब !

सम्पत्ति शुद्धिकरणमा पर्शुरामलाई सफाइ, महेशलाई तनाब !

पुर्शराम भनेर चिनिने कृष्ण वस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतवाट सफाइ पाएपछि नेकपा एमालेका नेता महेश वस्नेतलाई तनाव वढेको छ । पर्शुराम नातामा महेश वस्नेतका भाई हुन ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ जेठ ०७० मा बस्नेतलाई ११ करोड ४१ लाख रुपैयाँ अवैध सम्पति राखेको दावी सहित मुद्दा चलाएको थियो । पर्शुराम एमाले कार्यकर्ता हुन्। मुद्दा दायर हुँदा उनी एमाले मोरङको जिल्ला सदस्य अनि युवा संघ नेपालको केन्द्रीय सदस्यको हैसियतमा थिए।

सर्वोच्चले विशेष अदालत काठमाडौँको फैसला सदर गर्दै बस्नेतलाई मुद्दामा सफाइ दिएको हो। विशेषबाट सफाइ पाएको साढे तीन वर्षपछि सर्वोच्चबाट पनि उनले सफाइ पाएका हुन्। न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेलाई सफाइ दिएको हो।

२५ चैत २०७४ मा बस्नेतले विशेषबाट सफाइ पाएका थिए। विशेष अदालतले प्राविधिक प्रश्नमा टेकेर शुद्धीकरणको मुद्दामा बस्नेतलाई सफाइ दिएको थियो। विशेष अदालतबाट अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय न्यायाधीश रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको थियो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित गुन्डा नाइकेहरु गणेश लामा, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो। मनाङेले सफाइ पाइसकेका छन्। सरकारले सर्वोच्चमा पुनरावेदन गर्ने हदम्याद समेत गुमाउँदा मनाङेको हकमा विशेषकै फैसला अन्तिम भएको थियो। 

पर्शुरामले सफाई पाएसँगै अव महेश वस्नेत तनावमा परेका छन् । पर्शुरामले आफुसँग वद्ला लिन सक्ने उनको आशंका छ। महेशका कारण आफूमाथि सधैं अप्ठ्यारो पर्ने गरेको पर्शुरामले गुनासो गर्ने गरेका छन् ।

श्रीमतीसँगको पारपाचुके पनि दाइ मानेका महेशका कारण भएको पर्शुको गुनासो छ। ओली सरकार हुँदा दम्पतिका कारणमात्र नभइ सम्पतिको मुद्धामा समेत महेश बस्नेतले रिस साँधने गरेको उनले निकटस्थहरुसँग वताउने गरेका छन् ।

अब भने पर्शुरामको महेशसँग खुलामखुल्ला मुकÞाबिला हुने उनीहरु वताउँछन् । पर्शुरामका पक्षधर भनेर महेशद्वारा खेदिएका रमेश पौडेलले सफाइ पाएसँगै बधाइ दिएका छन् ।

यो पनि

विशेष अदालतले दियो ‘गुन्डा नाइके’ पर्शुराम र श्रीमती अञ्जुसिंह बस्नेतलाई सफाइ

महेश वस्नेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुर्शराम वस्नेत सर्वोच्च अदालतवाट सफाइ

विशेष