News राजनीति

छोरा जयविरले राजनीतिमा अनिच्छा देखाएपछि देउवा तनावमा

छोरा जयविरले राजनीतिमा अनिच्छा देखाएपछि देउवा तनावमा

छोरा जयविर देउवाले राजनीतिमा अनिच्छा देखाएपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा तनावमा परेका छन् । जयविरको राजनीति प्रतिको वितृष्णाका कारण देउवाको उत्तराधिकारी को भन्ने भन्ने चर्चा समेत सुरु भएको छ।

जयविराले तत्काल नेपाली कांग्रेसको राजनीतिमा नआउने संकेत गरेको वताईन्छ। गृहजिल्ला डडेल्धुरावाट उनले कृयासिल सदस्यता लिएपनि राजनीतिमा थप सकृयता देखाएका छैनन् । आगामी दिनमा पनि राजनीतिमा उनको सकृयता नहुने आंकलन स्थानीय नेताले गर्न थालेका छन् । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बाट क्रियाशील सदस्यता लिए पनि जयवीरले क्षेत्रीय प्रतिनिधिका लागि चासो नदेखाएको स्थानीय नेताहरुले बताए। कांग्रेसबाट स्थानीय निर्वाचनमा वडा अध्यक्षमा विजयी कांग्रेस नेता चेतराज भट्टले क्षेत्रीय प्रतिनिधिका लागि जयवीरले इच्छा नै नराखेको वताए । 

यसअघि क्रियाशील सदस्यता लिएपछि जयवीर कांग्रेसको राजनीतिमा आउने अड्कल लगाइएको थियो। वडाका नेताहरुले क्षेत्रीय प्रतिनिधिमा इच्छा देखाए उनलाई निर्विरोध बनाउने तयारीसमेत गरेका थिए। देउवापत्नी आरजु राणालाई निर्विरोध क्षेत्रीय प्रतिनिधि बनाएको छ। 

आरजुसँगै अन्य १७ जना क्षेत्रीय प्रतिनिधिहरु र ज्ञानु सेठी वडा सभापतिमा निर्विरोध भएको वडाध्यक्ष भट्टले जानकारी दिए।

यसैबीच उक्त वडाका निवर्तमान सभापति पदमबहादुर महताले भने विज्ञप्ति जारी गरेर वडा अधिवेशन स्थगित गरेको बताएका छन् ।

जयविर देउवा राजनीतिमा अनिच्छा शेरवहादुर देउवा तनावमा

विशेष