News

बझाङले पाएका सांसदः कोही सुतेर कोही उफ्रेर चर्चामा !

बझाङले पाएका सांसदः कोही सुतेर कोही उफ्रेर चर्चामा !

२०७४ सालको प्रतिनिधि सभामा बझागंबाट तत्कालिन बाम गठबन्धनबाट भैरव वहादुर सिहं निर्वाचित भए । गठबन्धन कै तर्फबाट आशा कुमारी बिक समानुपातिक सांसदको रुपमा प्रतिनिधि सभामा मनोनित भइन । त्यसो त नेपाली काँग्रेसले पनि प्रकाश रसाइली स्नेहीलाई बझागंबाटै दलित समुदायको प्रतिनिधित्व हुने गरि समानुपातिक सांसद चयन गरेको थियो । 

२०७४ देखि हालसम्मको अवधिमा आइपुग्दा बझागंका तिनै जना सांसदले सदनमा केही प्रभाव छोडेका छन् । प्रकाश रसाइली, भैरव बहादुर सिहं र आशा कुमारी विक तिनै जना संघिय सांसद मध्ये भैरव बहादुर सिहं र आशा कुमारी विक आलोचनात्मक रुपमा बढी नै चर्चामा आएका देखिन्छन् । प्रकाश रसाईली आक्कल झुक्कल सदनमा समय लिएर बोलेपनि सभासद भएदेखि बझागं नै नटेकेको भनेर शहरिया सांसद भन्दै आलोचना हुने गर्छ । 

सासंद भैरव वहादुर सिहं २०७४ साल चैत्र १ गतेको संसदिय सभामा संसद भवन भित्रै निदाउन पुगे । उनि निदाएको फोटो अन्तराष्टियस्तरमै भाइरल बन्यो । बझागंबासीले मात्रै नभएर विश्वभरीका नेपालीले भैरव सिहंको संसदिय सुताइको निन्दा गरे । जनताका प्रतिनिधि भनेर पठाइएका व्यक्तिले संसद भवन मै गति छोड्दा गाली नखाएर ताली पाउन् पो कसरी । 

त्यस्तै अहिले सांसद आशा विक पनि संसद भवन भित्र गरेको उदण्डता कै कारणले आलोचनाको हिलोभित्र चुर्लुम्मै डुबेकीछन् । त्यसो त केही महिनाअघि कोरोना महामारीमा रित्तो अक्सिजन सिलिण्डर बझागं पठाएको भनेर जिल्लाबासीले उनको हुर्मत नलिएका होइनन् । सांसद विकले अहिले नमिठो स्वादको गाली भेट्नुको कारण भनेको शुक्रबारको संसद बैठकमा उनले प्रस्तुत गरेको चर्तिकला नै हो । 

शुक्रबार संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै गर्दा सांसद आशा विकको विरोध शैलीलाई मर्यादा पालकले सम्हाल्नै सकेनन् । उनको उफ्राई मर्यादा पालकको टाउकोसम्मै पुग्यो । हाँडी गाउँको जात्रा जस्तै पारा सांंसद विकले सदन मै प्रस्तुत गरिन् । करिब १० जना मर्यादा पालकको टाउको भन्दामाथि सांसद विक उफ्रेर घोप्टो परेको दृश्य क्यामरामा कैद भएपछि उनलाई गाली गर्नेको ओइरो लागेको छ । सांसद आशा विकको संसदिय शैली नै संसदिय मर्यादा विपरित भएको भन्दै उनका समर्थक नै धारेहात गरिरहेकाछन् । 

सांसद विकले बझागंबासी माझ सुरुका दिनहरुमा राम्रै प्रभाव पारेपनि पछिल्लो समय भने सतही चर्चाको लागि जे पनि गर्न तयार हुने भनेर विश्लेषण हुने गरेको छ । केहि समयअघि पब्जि र फ्रिफायर बन्द गर्नुपर्छ भनेर चर्चामा आएकी सांसद विक लगत्तै कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति छानविन गर्नुपर्छ भनेर चर्चामा आएकी थिइन् । सासंद विकको आजको प्रस्तुतीले उनका आलोचकलाई मसला थपि दिएको छ । हिजो सांसद गंगा थारुले मर्यादा पालकलाई धक्का दिएको फोटो भाइरल भएपछि त्यसको सिको गर्दै सांसद विकले पनि भाइरल हुन खोजेको आलोचकहरुको विश्लेषण छ ।

बझागंबासीका संघिय प्रतिनिधिले संसदमा देखाएको सकरात्मक, नकरात्मक वा निस्क्रीय भुमिका जनताले अवलोकन, समर्थन र आलोचना  गरिरहेकैछन् । 
 

भैरव वहादुर सिहं आशा कुमारी बिक प्रकाश रसाइली

विशेष