एमसीसी विरोधीप्रति वावुरामको ट्वीट–भातको अर्थ लागेन भन्दै घोप्ट्याएर भोकै वस्ने 'पढेका मुर्ख'

जसपाका संघीय परिषद अध्यक्ष एवम पुर्वप्रधानमन्त्री वावुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरुलाई मुर्खको संज्ञा दिएका छन् ।
एमसीसी प्रकरणमा विरोध गर्नेहरुलाई देख्दा आफुलाई ‘पढेका मुर्ख’ को कथा याद आयो भन्दै उनले ब्यंग्यात्मक रुपमा आलोचना गरेका छन् । अज्ञानता, तर्क र कुवुद्धिका कारण अन्त्यमा भोकै वस्नु परेको अवस्थालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भट्टराईले एमसीसीको पक्षमा जोडदार तर्क प्रस्तुत गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्–‘एमसीसीबारे कुरा सुन्दा ‘पढेका मूर्ख’कथा याद आयो– ज्ञानीहरूको टोली खाना पकाउन तम्सेछ। ज्योतिषशास्त्रीले धेरै जोखाना हेरेर चुलो बसाउने उपयुक्त ठाउँ एउटा दलदल छानेछ। चिकित्साशास्त्रीले तरकारी निम्ति निमको पात छानेछ। तर्कशास्त्रीले छड्कदै गरेको भातको अर्थ नलागेर घोप्ट्याइ दिएछ। अनि भोकै सुतेछन!’
बिहिबार बेलुका एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन ।
http://
MCCबारे कुरा सुन्दा ‘पढेका मूर्ख’कथा याद आयो-ज्ञानीहरूको टोली खाना पकाउन तम्सेछ।ज्योतिषशास्त्रीले धेरै जोखाना हेरेर चुलो बसाउने उपयुक्त ठाउॅ एउटा दलदल छानेछ।चिकित्साशास्त्रीले तरकारीनिम्ति निमको पात छानेछ।तर्कशास्त्रीले छड्कदै गरेको भातको अर्थ नलागेर घोप्टाइदिएछ।अनि भोकै सुतेछन्!
— Baburam Bhattarai (@brb1954) September 9, 2021
एमसीसी वावुराम भट्टराई