News

एमाले सांसद र मर्यादापालकविच घम्साघम्सीकै विच आर्थिक अध्यादेश पारित

एमाले सांसद र मर्यादापालकविच घम्साघम्सीकै विच आर्थिक अध्यादेश पारित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक अध्यादेश २०७८ पास भएको छ।

एमाले सांसदहरुले नाराबाजी गरेर बेल घेराउ गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए। 

अर्थमन्त्री आफू बसेको स्थानबाट रोष्ट्रममा जानेक्रममा एमालेका सांसदहरु र मर्यादापालकहरुबीच घम्साघम्सी भएको थियो।

यद्यपी अर्थमन्त्री शर्मा दौडेर रोस्ट्रममा पुगेका थिए। उनले अध्यादेश प्रस्तुत गरेपछि सभामुखले त्यसलाई होहल्लाका बीच निर्णयार्थ पेश गरे र बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए । 

विशेष