News

कांग्रेस सभापतिको सिफारिस र गृहमन्त्रीको आदेशमा प्रहरीमा कार्यकर्ता भर्ना

कांग्रेस सभापतिको सिफारिस र गृहमन्त्रीको आदेशमा प्रहरीमा कार्यकर्ता भर्ना

नेपाल प्रहरीले बुधवार ५ हजार २ सय २७ जना सिपाहीको लिखित तथा अन्तर्वार्तामा उत्तिर्ण नतिजा सार्वजनिक गर्यो। प्रहरीले विभिन्न प्रकृया पुरा गरेर उनीहरुलाई छनौट गरेको हो । अपवाद वाहेक अहिलेसम्म वुझ्दै आएको पनि के हो भने शारीरिक तथा वौद्धिक रुपमा परिक्षा उत्तिर्ण गरेपछि मात्रै प्रहरीमा भर्ना हुन पाईन्छ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार प्रतिस्पर्धामा भिडेर उनीहरुले नाम निकालेको स्वयम प्रहरीले बुधबार जारी गरेको सूचनामा पनि उल्लेख छ । तर, पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका जस लिने होडवाजीले भने प्रहरीको छनौट प्रकृया माथि नै प्रश्न उठाएको छ।

नरेन्द्र गुरुङ नामका ब्यक्तिले प्युठानका काँग्रेस उपसभापति बद्री लम्साललाई ट्याग गरेर लेखिएको स्ट्याटस र नामावली हेर्न हो भने प्रहरीको छनौट प्रकृया भनसुनका आधारमा चन्छ भन्ने प्रष्ट देखिन्छ। गुरुङले आफनो फेसवुकमा लेखेका छन्– ‘मेरो ब्यक्तिगत पहलमा प्युठानी छोराहरुले नेपाल प्रहरीमा नाम निकल्न सफल भएका छन् । भाईहरुलाई हार्दिक वधाई छ। नेपाली कांग्रेस प्युठानका उपसभापति वद्री लम्साल ज्यूको सिफारिसमा ११ जना हिमाल, श्याम, राजन लगायत अन्य साथीहरुको सिफारिसमा गरी देशभरमा ४१ जनाको नाम निकाल्न सफल भएको छु । सहयोगको लागि माननिय गृहमन्त्री वालकृष्ण खाँड ज्यूलाई हार्दिक धन्यवाद।’

नेपाल प्रहरीले खुल्ला प्रतिस्पर्धामा छनौट भएका भनिएका ती प्रहरी गृहमन्त्री वालकृष्ण खाँडको आदेशमा भर्ना भएको प्रस्ट । ति वाहेक अन्य कति जना ठूलाबडा क–कसको सिफारिसमा परेका हुन् भन्ने विषयलाई पनि गुरुङको स्ट्याटसले छर्लङ्ग बनाइदिएको छ ।

नेपालको संविधान २०७२ लागु भएपश्चात् सबै संगठित संस्थाको लिखित तथा अन्तरवार्ता परीक्षा लोकसेवा आयोगको प्रत्यक्ष सहभागितामा मात्र हुने व्यवस्था छ ।

तर,नेपाल प्रहरीमा हालै भएको सिपाहीको परीक्षामा खुलमखुल्ला काँग्रेस नेताले आफ्नो अनुरोध र गृहमन्त्रीको सिफारिसमा ४१ जनाको नाम उत्तिर्ण गराएको जनाउनुले निष्पक्ष भूमिकामा रहनुपर्ने संवैधानिक अंगको समेत धज्जी उडेको छ ।

यदि यो फेसवुक स्ट्याटस गलत हो भने प्रहरीले यस विषयमा के कारवाही अगाडि वढाउँछ । त्यो भने हेर्न वाँकी छ।

नेपाल प्रहरी नतिजा सार्वजनिक सिपाहीको लिखित तथा अन्तर्वार्ता नरेन्द्र गुरुङ बद्री लम्साल वालकृष्ण खाँड

विशेष