सभामुखको भुमिकाले संसदको बाँकी अवधि सहज नहुँने एमालेको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाका कारण संसदमा अप्रिय घट्ना हुन सक्ने चेतावनी दिएको छ। शुक्रवार प्रतिपक्षीको नारावाजीका विच सभामुखले संसद संचालन गरेपछि एमालले यस्तो चेतावनी दिएको हो ।
एमालेले सभामुख निरंकुश र एकपक्षीय ढंगले चलेको आरोप लगाएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखका कारण अप्रिय घटना हुन सक्ने चेतावनी दिए । शुक्रबार दोस्रोपटक एमालेको अवरोधका बीच सदनको कारवाही अघि बढाएर १५ मिनेट स्थगन गरेका सभामुखले प्रमुख विपक्षसँग छलफल नै गरेनन् ।
सचेतक भट्टराईले सभामुखमा जनयुद्धकालीन गुरिल्लाको अनुहार प्रकट भएको माओवादी कार्यकर्ताको भूमिकामा प्रस्तुत भएको वताए ।
उनले एमालेको विरोध यथावत रहेको बताए । कानूनविपरीत सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भन्दै यसले संसदको बाँकी अवधि सहज नहुने चेतावनी दिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदमा अप्रिय घट्ना