News

जयसिहं धामी हत्या प्रकरणका अपराधीलाई कारबाही गर्न देशभक्त मोर्चाको माग

जयसिहं धामी हत्या प्रकरणका अपराधीलाई कारबाही गर्न देशभक्त मोर्चाको माग

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले सरकारसँग दार्चुलाका जयसिहं धामीको हत्या प्रकरणमा संलग्न अपराधीलाई कारबाहीको माग गरेको छ । 

सिपी गजुरेल नेतृत्वको उक्तपार्टीले बुधबार विज्ञप्ती जारी गर्दै घटनाको सत्य–तथ्य पत्ता लगाई अपराधीलाई कारवाही गराउन माग गरेको छ । 

विज्ञप्तीमा भनिएको छ, ‘गत साउन १५ गते बिहान ८–९ बजेतिर दार्चुला जिल्ला, व्यास गाउँपालिका, वडा नं.२ निवासी ३३ वर्र्षीय जयसिंह धामी गाउँबाट सदरमुकाम खलङ्गा जाने क्रममा मालघाट भन्ने ठाउँमा महाकाली नदी तुईनबाट तरिरहेको बेला भारत उत्तराखण्ड राज्यको पांगनमा रहेको भारतीय सीमा सुरक्षा बल (क्क्द्य) ले तुईनको लठ्ठा खोलिदिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएकोमा घटनाको सत्य–तथ्य पत्ता लगाई अपराधीलाई कारवाही गराउन नेपालमा सर्वत्र माग भइरहेको कुरा सर्वविद्वितै छ । सरकारद्वारा गठित कार्यदलले नियतपूर्वक भारतका क्क्द्य जवानले लठ्ठा खोलेका कारण उनी महाकाली नदीमा डुबी बेपत्ता भएको प्रमाणसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी प्राप्त भएको छ । उक्त प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गराउन भारत सरकारसँग अविलम्ब सार्थक कूटनीतिक पहल गर्न हामी जोडदार माग गर्दछौं । यसमा हुने हेलचेत्र्mयाइँ, लापरवाही वा लाचारीपनको परिणाम गम्भीर हुन सक्ने कुरा पनि हामी सरकारलाई अवगत गराउन चाहन्छौं ।’


 

जयसिंह धामी

विशेष