आलोचनापछि सांसद विकले लेखिन्ः बझाङबासी र महिलाको इज्जत जाने काम गरेको छैन !

आलोचनापछि सांसद विकले लेखिन्ः बझाङबासी र महिलाको इज्जत जाने काम गरेको छैन !

शुक्रबार संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै गर्दा सांसद आशा विकको विरोध शैलीलाई मर्यादा पालकले सम्हाल्नै सकेनन् । उनको उफ्राई मर्यादा पालकको टाउकोसम्मै पुग्यो । हाँडी गाउँको जात्रा जस्तै पारा सांंसद विकले सदन मै प्रस्तुत गरिन् । करिब १० जना मर्यादा पालकको टाउको भन्दामाथि सांसद विक उफ्रेर घोप्टो परेको दृश्य क्यामरामा कैद भएपछि उनलाई गाली गर्नेको ओइरो लागेको छ । सांसद आशा विकको संसदिय शैली नै संसदिय मर्यादा विपरित भएको भन्दै उनका समर्थक नै धारेहात गरिरहेकाछन् ।  

हिजो सांसद गंगा थारुले मर्यादा पालकलाई धक्का दिएको फोटो भाइरल भएपछि त्यसको सिको गर्दै सांसद विकले पनि भाइरल हुन खोजेको आलोचकहरुको विश्लेषण छ ।


मर्यादा पालकको टाउको भन्दामाथि सांसद विक उफ्रेर घोप्टो परेको दृश्य क्यामरामा कैद भएपछि हदसम्मको आलोचना खेपेकी सांसद विकले उक्त फोटोलाई आफु भाइरल हुनका लागि योजना बनाएर नखिचेको बताएकीछन् । 


शुक्रबारको सदन अवरुद्ध गर्न प्रतिपक्ष दलको निर्णय अनुसार नाराबाजी गर्दा समेत सभामुखले जबर्जस्ती अगाडि बढाएपछि कम तौल भएका सांसदलाई उचालेर रोष्टममा पुर्याउने रणनितिका साथ केही महिला सांसदले उनलाई उचालेपछि उक्त अवस्था सिर्जना भएको उनको प्रतिक्रिया छ ।  


सांसद विकको सर्वत्र आलोचना भएपछि शनिबार उनको सचिवालयको फेसबुक पेजबाट स्टाटस लेख्दै आफु भाईरल हुन नखोजेको र बझाङबासी र महिलाको इज्जत जाने काम पनि नगरेको बताएकीछन् । सांसद विकको सचिवालयको फेसबुक पेजमा उल्लेख छ, ‘समग्र बझाङबासी दिदीबहिनी तथा दाजुभाइहरूलाई मेरो अनुरोध म तपाईंहरूको इज्जत फाल्नका लागि संसदमा आएको पनि होइन र त्यस्तो छाडापन र महिलाको इज्जत नै जाने काम गरेको पनि छैन । जुन फोटो भाइरल बनाइएको छ । त्यो गलत मनसायले र कुनै भाइरल हुनका लागि पनि होईन प्रतिपक्ष दलको भुमिका निर्वाह गर्दै जाँदा सृजना भएको संयोग मात्र हो, नकि मैले कुनै योजना बनाएर नै त्यस्तो गरेको हो ।’


यस्तो छ सांसद आशा विकको सचिवालयको अघोषित विज्ञप्ति

हिजो २०७८÷०५÷२५ गतेका दिन सदनलाई अवरुद्ध गर्ने भन्ने हाम्रो पार्टीको निर्णय अनुसार सदनमा नारा जुलुस गरिरहेका थियौं । सभामुखले प्रतिपक्ष दलको कुरा नसुनि जबर्जस्ती र बल मिच्याई गरि सदन संचालन गर्याे त्यसलाई रोक्नका लागि संसदहरूले बिभिन्न उपायहरू गर्दै थियौं र अन्तमा हामी  मध्ये हल्का वा कम तौल भएका माननीय ज्युहरू उचालेर सभामुखको रोष्टममा पुर्याउने उद्देश्य साथ तीन चार जना माननीय ज्युहरूलाई उचाल्न कोशिस गरियोको थियो, त्यसमा मलाई  पनि महिला सांसद ज्युहरूले  उचालेर रोष्टममा पठाउन कोशिष गर्नु भाको थियो तर कडा सुरक्षा साथ रहेको सुरक्षाको घेरालाई तोड्न कठिन थियोे ।


त्यहीँ क्रममा तान्ने र घचेटने हुदा सि.सि क्यामरामा भिडियो अवलोड भैरहेको हुन्छ त्यहीँ सी.सि क्यामराको फुटे्जको भिडियोलाई क्लिक गरेको  जुन फोटोलाई राखेर कति पय शुभचिन्तक हरूले रचनात्मक र सकरात्मक सुझाव दिनु भएको छ  कतिपय मिडियाले राम्रो सकरात्मक सन्देश दिने खालको न्युज लेख्नु भाको छ उहाँहरूलाई हार्दिक आभार ब्यक्त गर्दैछु । 


कतिपयले त्यहि फोटोलाइ राखेर नानाथरी गाली बेइज्जती र गलत खालका टिका टिप्पणी गरेको पनि देखियो । उहाँहरूलाइ पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर ती गाली दिने मन्छेहरू कुन स्कुलिङ्गवाट आएका रहेछन भनेर चिन्ने मौका पनि प्राप्त हुदैछ । साथै कतिपय शुभ चिन्तक हरूले बझाङ जिल्ला कै बेइज्जती भयो भनेर पनि चिन्ता गर्नु भएको छ । 


उहाँहरू लगायत समग्र बझाङबासी दिदीबहिनी तथा दाजुभाइहरूलाई मेरो अनुरोध म तपाईंहरूको बेइज्जत फाल्नका लागि संसदमा आएको पनि होइन र त्यस्तो छाडापन र महिलाको इज्जत नै जाने काम गरेको पनि छैन र गर्दिन पनि रह्यो जुन यो फोटो भाइरल बनाइएको छ । त्यो गलत मनसायले र कुनै भाइरल हुनका लागि पनि होईन प्रतिपक्ष दलको भुमिका निर्वाह गर्दै जाँदा सृजना भएको संयोग मात्र हो, नकि मैले कुनै योजना बनाएर नै त्यस्तो गरेको हो । मैले स्पष्ट भनि सकेकी छु त्यो फोटो कसरी भयो भनेर  ।


त्यसैले जो जतिले रचनात्मक र सकरात्मक सुझाव दिनु भएको छ ती कुराहरूलाई मनन गर्दै, आगामी दिनमाअघि बढ्ने दृढ संकल्प गर्छु । जस जसले बदनाम गर्ने उदेश्यले न्युज लेख्नु भएको छ सामाजिक संजालमा नकारात्मक कमेन्ट लेख्नु भाको छ । त्यो राजनीति हिसाबले धर्म ठान्नु होला दुई चार दिन त आनन्द लिनु होला यो पनि हेक्का रहोस कि सधैंभरि त्यहि स्थिति रहि रहन्न समयले कोल्टो फेर्छ ! कतिखेर को कहाँ पुग्छन र कता पछारिन्छ थाहा हुदैन । फोटो त यस्तो पनि थियो ।


यो पनि


बझाङले पाएका सांसदः कोही सुतेर कोही उफ्रेर चर्चामा !

आशा कुमारी बिक आलोचना

संम्बधित खबर

विशेष