News अपराध सुरक्षा

वलात्कार आरोपी मन्त्रीको दावी – फेक भिडियो बनाएर फसाउन खोजियो, परिक्षण गरौं

वलात्कार आरोपी मन्त्रीको दावी – फेक भिडियो बनाएर फसाउन खोजियो, परिक्षण गरौं

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफ्नो राजनीतिक भविष्य सिद्याउने गरी सार्वजनिक भएको भिडियो ल्याबमा टेस्ट गर्न माग गरेका छन् । फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको दावी गरेका उनले त्यसपछि सत्यतथ्य वाहिर आउने वताए ।

सांसद हुँदा तत्कालिन स्वकिय सचिव अम्मरराज सेजुवालकी श्रीमती मिमसरा कुमारी महतारालाई वलात्कार गरेको आरोप लागेपछि उनले वुधवार विरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी यस्तो दावी गरेका हुन ।

उनले कोठमा जाँदैमा र सँगै वाटो हिड्दैमा वलात्कारको अरोप लगाउनु न्यायोचित नहुने वताए । ‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ ?’ मन्त्री शाहीले आक्रोश पोखे, ‘पीडित युवतीले नै म बलात्कार भएको छैन भनिसक्दा पनि फण्डा मच्चाउने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा एडिट गरेर सार्वजनिक गरिएको छ।’ 

एमालेका भ्रातृ संगठनले जुलुस निकालेर हुँदै नभएको राजनीतिकरण गर्न खोजेकोमा उनको आक्रोश छ। एमाले नेता यामलाल कँडेलको डिजाईनमा यो सवै प्रकरण वाहिर आएको उनले आरोप लगाएका छन् ।

शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको दिनदेखि सुनियोजित प्रकारले आफूमाथि हमला भएको उल्लेख गरे ।

यो पनि

पद र पैसाको वलमा यसरी उन्मुक्ती पाउँछन् वलात्कारमा मुछिएका जनप्रतिनिधि

स्वकिय सचिवकी श्रीमतीलाई आंगालो हाल्ने मन्त्रीको भिडियो सार्वजनिक

विशेष