News

बलात्कृत भनिएकी महिला भन्छिन्ः म बलात्कृत भएको छैन, फेसबुक र मिडियाले बलात्कृत गरायो 

बलात्कृत भनिएकी महिला भन्छिन्ः म बलात्कृत भएको छैन, फेसबुक र मिडियाले बलात्कृत गरायो 

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि वलात्कारको आरोप लागेको थियो । तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दुर्व्यवहार भएको भन्ने भिडियो सार्वजनिक भएपछि मन्त्री शाहीको राजिनामा माग गरेर विरोध पनि भैइरहेका थिए । 

सडकदेखि सञ्जालसम्म उक्त भिडियोले चर्चा पाईरहेका बेला मन्त्री शाहीद्धारा बलात्कृत भनिएकी महिला र उनका श्रीमानले बुधबार पत्रकार सम्मेलन गरेकाछन् । पत्रकार सम्मेलनमा ती महिलाले आफु बलात्कृत नभएको बताएकीछन् । पत्रकार सम्मेलनमा फेसबुक र मिडियाले आफुलाई अन्याय गरेको उनको भनाई छ । 'मेरो व्यक्तिगत जीवनलाई राजनितिक इस्यू बनाइएर म माथि अन्याय भयो । मेरो जीन्दगीमाथि केही भए स्वयं व्यक्ति र मिडियाले जिम्मा लिनु पर्छ ।' उनि भन्छिन्, 'म माथि अन्याय भएको छैन । फेसबुक र मिडियाले मलाई जर्वजस्ती बलात्कृत गर्दै छ । म माथि अन्याय भएको भए म आफै अदालत जान्थ्ये ।' 

श्रीमती र छोरीसँगै पत्रकार सम्मेलनमा देखिएका उनका श्रीमान् अमर सेजुवालले पनि आफ्नो श्रीमती र मन्त्री शाहीको भिडियो बनाएर राजनितिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएकाछन् । उनका श्रीमानले भने,  'मेरो श्रीमतीको  र माननिय ज्यूको सम्बन्ध बाउछोरीको जस्तो थियो । म बिन्ति गरेर भन्न चाहान्छु एउटा नारीको सम्पत्ति भनेको उसको इज्जत हो । उसको जिन्दगीलाई लिएर राजनितिक मुद्धा नबनाइदिनुहोस् ।' सेजुवाल मन्त्री शाही सांसदहुदा उनका स्वकिय सचिव थिए । 

यता मन्त्री शाहीले आफ्नो राजनीतिक भविष्य सिद्याउने गरी सार्वजनिक भएको भिडियो ल्याबमा टेस्ट गर्न माग गरेका छन् । फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको दावी गरेका उनले त्यसपछि सत्यतथ्य वाहिर आउने वताए ।

सांसद हुँदा तत्कालिन स्वकिय सचिव अम्मरराज सेजुवालकी श्रीमती मिमसरा कुमारी महतारालाई वलात्कार गरेको आरोप लागेपछि उनले वुधवार विरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी यस्तो दावी गरेका हुन ।

उनले कोठमा जाँदैमा र सँगै वाटो हिड्दैमा वलात्कारको अरोप लगाउनु न्यायोचित नहुने वताए । ‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ? ’ मन्त्री शाहीले आक्रोश पोखे, ‘पीडित युवतीले नै म बलात्कार भएको छैन भनिसक्दा पनि फण्डा मच्चाउने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा एडिट गरेर सार्वजनिक गरिएको छ।’ 


यो पनि


स्वकिय सचिवकी श्रीमतीलाई आंगालो हाल्ने मन्त्रीको भिडियो सार्वजनिक

पद र पैसाको वलमा यसरी उन्मुक्ती पाउँछन् वलात्कारमा मुछिएका जनप्रतिनिधि

स्वकिय सचिवकी श्रीमतीलाई आंगालो हाल्ने मन्त्रीको भिडियो सार्वजनिक

कुर्मराज शाही वलात्कारको आरोप

विशेष