News

राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कालोमोसो दल्ने चार जना पक्राउ

राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कालोमोसो दल्ने चार जना पक्राउ

दाडको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेण्ट डा. विनोदकुमार सिंहलाई कालोमोसो दल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म योजनाकारसहित चार जनालाई पक्राउ गरेको छ।

मेसु डा.सिंहले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले योजनाकार सर्जन परियार, दिलिप डाँगी, सहयोगी दिवस क्षेत्री र गणेश खड्कालाई पक्राउ गरेको हो । परियार, डाँगी र क्षेत्री यस अघि नै पक्राउ परेका हुन भने खड्का आज तुलसीपुर क्षेत्रबाट पक्राउ परेका हुन । 

गत शुक्रबार बिरामीको कल्चर जाँचका विषयमा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका संयोजक सर्जन परियारको नेतृत्वमा केही युवाहरुले डा. सिंहको कार्यकक्षमै पसेर कालोमोसो दलेका थिए।

घट्नापछि फरार भएका सवैको खोजी हुँदा तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घट्नाको विरोध गर्दै स्वास्थ्यकर्मीहरुले आन्दोलन पनि गरेका थिए । 

घटनामा संलग्न भएका अन्य दुई जना फरार रहेको र खोजी कार्य जारी रहेको दाडका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय दाङबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

यो पनि

राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कार्यकक्षमै कालोमोसो दलियो

राप्ती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेण्डेन्ट कालो मोसो

विशेष