भारत सरकारद्वारा पर्षाका १ सय वाढि पीडितलाई राहत वितरण
भारत सरकारको नियमित मानविय सहायता र नेपाललाई विपद् राहत सहयोग अन्तर्गत वुधवार पर्साका करिव एक सय वाढि पीडितलाई राहत वितरण गरिएको छ।
भारत सरकारको तर्फबाट भारतका महावाणिज्यदूत श्री नितेश कुमारले सांसद तथा नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई उक्त राहत रामग्री हस्तान्तरण गरिएको थियो । उक्त राहत सामग्री महावाणिज्यदुत नितेश कुमार र सांसद चौधरीले जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका बाढीपीडितलाई हस्तान्तरण गरे ।
राहत सामग्रीमा पाल, सुत्ने म्याटलगायत रहेको बीरगञ्ज स्थित महावाणिज्य दूतावासले जनाएको छ। राहत वितरणको कार्यक्रममा पदेश २ का ६ वटा जिल्लाका वाढि पीडित क्षेत्रमा सञ्चालन गरिने छ। प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा यी सामग्री वितरण गरिने जनाईएको छ ।
भारत सरकार वाढि पीडित राहत वितरण