राष्ट्रपतिलाई प्रश्नः तपाई र ओलीको सम्बन्ध गाढा छ भन्ने सुनिन्छ के हो ?

नेपालमा इन्टरनेटका प्रयोगकर्ता बढिरहँदा यसको दुरुपयोगका घटना पनि बढिरहेका छन् । खास गरी विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोगलगायतकका घट्ना नेपालमा अत्याधिक वढेको छ ।
यसलाई साइबर अपराध मानेर कतिपय घट्नामा कारवाहीको प्रकृया अगाडि वढाएपनि त्यसको रोकथाम हुन सकेको छैन। वरु यस प्रकारका घट्ना दिनप्रतिदिन वढिरहेका छन् । सामान्य नागरिकदेखि उच्च ओहदामा वसेका ब्यक्ति समेत यसको सिकार भईरहेका छन् ।
अझ पछिल्लो पटकका त प्रांकका नाममा राष्ट्रपति विद्यादेवी भण्डारीकै चरित्र हत्या गरिएको छ । साउन ३२ गते बिहानै युट्युबमा ८ मिनेट ३७ सेकेण्डको एउटा भिडियो अपलोड भयो । समीर भट्टराई नाम गरेका एक किशोरले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या हुने अपलोड गरेको उक्त भिडियोमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अश्लील मजाक गरिएको छ ।
भिडियोको थमनेलमै एकातिर राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखेर उनको भनाई भन्दै पुलिस केस गर्छु तँलाई भन्ने राखिएको छ भने दायाँतर्फ किशोरको प्रश्नका रुपमा ‘केपी ओलीसँग जोडेर प्रश्न गरिएको छ र त्यसैको थमनेलको प्रयोग गरिएको छ ।
विद्यादेवी भण्डारी भन्दै महिलाको जस्तो सुनिने आवाज भिडियोमा प्रयोग गरिएको छ। फोन सम्वादका रुपमा प्रस्तुत गरिएको भिडियोमा किशोरले विद्यादेवी भण्डारी बोलिराख्नु भा’छ भन्दै प्रश्न गर्छन् । यता, विद्यादेवी भण्डारी नै बालिराछु भन्नुहोस् भन्दै उत्तर आउँछ ।
अनि किशोरले आफू पोखराबाट पत्रकार बोलेको भन्दै सुनाउँछन् । त्यसपछि उनले महङ्गो गलैँचा र २५ करोडको कारको कुरा के हो भनेर सोध्छन् । महिलाको आवाजमा त्यो हल्लामात्रै भएको र त्यसमा कुनै सत्यता नभएको आसयको जवाफ आउँछ ।
किशोरले फेरी तपाई र केपी ओलीको सम्बन्ध गाढा छ भन्ने सुनिन्छ के हो ? भनी प्रश्न गर्छन् । जवाफमा आफू राष्ट्रपति भएको र केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रपति र प्रधानमन्त्रीले गर्नुपर्ने कुराहरु, सर सल्लाह आदिका कारण भेटघाट भइरहने भएकाले उहाँ (केपी ओली) आफूसँग नजिक भएको जवाफ आउँछ ।
किशोरले ‘तपाईँ र ओलीबीच गाढै सम्बन्ध छ भन्ने कुरा आइराथ्यो, त्यही भएर’ ... भन्दै अर्को प्रश्न थप्छन्। त्यसपछि ‘उहाँलाई म सम्मान गर्छु, उहाँ प्रधानमन्त्री जस्तो मान्छे । उहाँलाई म दाइजस्तो मान्छु’ भन्ने जवाफ आउँछ।
त्यसपछि किशोरले अर्को प्रश्न गर्छन् – तपाईले दाइ भन्दाखेरि केपी ओली जी लाई हर्ट होला नि ? त्यसपछि जवाफ आउँछ, ‘कस्तो कुरा गर्नुहुन्छ तपाईँ पत्रकार साथी भएर ?’ फेरी किशोरले तपाइँले दाइ भन्दा केपी ओलीजीलाई मन दुख्न सक्छ भनेर ...’ भन्दै प्रश्न गरेका छन् । अनि तपाइँले त्यही प्रश्न सोध्नका लागि तपाईले फोन गर्नुभएको हो भने फोन राखिदिनुहोला धन्यवाद भन्दै फोन राखिन्छ ।
राष्ट्रपतिको चरित्र हत्या गर्ने गरी अपलोड भएको यो भिडियो अहिले हटाईएको छ । तर, यसरी राष्ट्र प्रमुखको नाममा क्यारिकेचर गरेर बनाइने भिडियो वा असभ्य शब्दावलीको प्रयोगले अगामी दिनमा यसको असर के होला भन्ने प्रश्न जन्माएको छ।
यस सम्बन्धमा राष्ट्रपति कार्यालयले भने भिडियोमा गम्भीर आपत्ति रहेको र यस सम्बन्धमा एक्सन लिने जनाएको छ। तर हालसम्म पनि त्यस विषयमा कुनै कारवाही चलाईएको सार्वजनिक भएको छैन ।
कानुन ब्यवसायीले भने यो भिडियोले वैयक्तिक स्वतन्त्रताको हनन् गरेको वताएका छन् ।
विद्यादेवी भण्डारी चरित्र हत्या समीर भट्टराई अश्लील मजाक