News अपराध सुरक्षा

विरामीवाट कमिसन खाने ५ जना विचौलिया पक्राउ

विरामीवाट कमिसन खाने ५ जना विचौलिया पक्राउ

विभिन्न जिल्ला तथा ग्रामिण क्षेत्रवाट विराटनगर आएका विरामीलाई आफ्नो सम्पर्कको अस्पतालमा पुर्याएर कमिसन खाने ५ जना विचौलियालाई वुधवार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–८ का २१ वर्षीय सुनिल राय, २२ वर्षीय रोहित साह, इनरुवा–१ सुनसरीका २० वर्षीय विनोद मेहता र सप्तरी राजविराज–९ का २३ वर्षीय सारन्सकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिचौलियाको कारोबार गरेको आरोपमा उनीहरुलाई विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले विभिन्न अस्पतालमा पुगी त्यहाँका विरामी र आफन्तलाई भेटी ‘यहाँ राम्रो डाक्टर छैनन्, उपचार राम्रो छैन, औषधी राम्रो छैन’ भन्दै भ्रामक कुराहरु गरेर आफ्नो सम्पर्कमा रहेको अस्पताल, क्लिनिक तथा फार्मेसीमा पुर्याउने गरेका थिए ।

यसरी विरामी पु¥याएवापत् अस्पताल तथा क्लिनिकले उनीहरूलाई ‘कमिसन’ दिने गरेको पाईएको छ। उनीहरु अस्पताल मार्फत नै खटेको पाएको मोरङ प्रहरीका एसपी जनार्दन जिसीले बताए।

विरामीका आफन्तले गरेको गुनासोका आधारमा उनीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विचौलिया विरामीसँग कमिसन

विशेष