News

मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु

मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु

मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतमा सडक दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले उपचाका लागि अस्पताल भर्ना गराएको थियो । ०७८ जेठ २७ गते उनलाई उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि उनको अवस्था गम्भीर बनेको बताइएको छ । 

निशा घिमिरे

विशेष