संखुवासभामा ६ जनाको सामुहिक हत्या प्रकरणमा छिमेकी पक्राउ
संखुवासभाको मादी नगरपालिका–१, उमलिङमा भएको सामुहिक हत्यामा संलग्न मध्येका संकास्पद एक जनालई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा २५ वर्षीय छिमेकी लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीलाई आईतवार सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ। पक्राउ परेका छिमेकीको घरवाट हत्या गरिएको घर करिब डेढ सय मिटरको दूरीमा छ।
लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । उनीहरु १३ दिनभित्रका काका–भतिजा रहेको प्रहरीले जनाएको छ । आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको प्रहरीको भनाई छ।
विदेश गएका दुई छोरोले कमाएको सम्पत्तिको फुर्ती देखाएर आफुलाई हेप्ने गरेका कारण परिवारकै हत्या गरेको लोकवहादुरले प्रहरी समक्ष वताएका छन् । आर्थिक रुपमा कमजोर भएकाल आफुलाई हेप्ने र कहिलेकाही यातना समेत दिने गरेका कारण सोमबार बिहान साढे ५ बजे उनीहरुलाई मारेको लोकवहादुरले बताएका छन् ।
उक्त प्रकरणमा अन्य कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको छ।
घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचाल भएको थियो ।
मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।
यो पनि
सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रगतिउन्मुख
संखुवासभा ‘सामूहिक हत्या काण्ड’ जग्गा किन्न राखेको पैसाका लागि भएको अनुमान
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, कसैको शव खोल्सामा, कसैको खरवारीमा
संखुवासभा एकै परिवारका ६ जनाको हत्या उम्लिङ