‘कमेडी च्याम्पियन’ मा मुख्यमन्त्री र पुर्वमन्त्रीको प्रतिस्पर्धा
नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि खुलेर भोट माग्न थालेका छन् । उनले समाजिक सञ्जाल ट्वीटरमा समेत पौडेलका लागि भोट मागेका छन् ।
‘राजनीति, जात, धर्म, लिङ्ग र भुगोलको सीमाभन्दा बाहिर, केवल कलाका लागि चाहियो साथ’ भन्दै पौडेलको फोटोसहित ट्वीटरमा उनले भोट मागेका छन् ।
केही समय अगाडि योगेशकै पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा, १ लाख रुपैयाँ योगेश आफैंले पनि दिएका छन् ।
‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेल मलाई हास्यव्यङ्ग्य क्षेत्रको उदाउँदो मणि जस्तो लाग्छ’ योगेशले भन्ने गरेका छन् ।
पौडेल ‘कमेडी च्याम्पियन २’को फाइनलमा पुगेका छन् । ताप्लेजुङका भरतमणिले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै विषयलाई दर्शकले अत्यधिक रुचाए ।
तर, भरतमणिले गरेको पूर्व यूवराज पारस शाहको अभिनय भने सवैभन्दा लोकप्रिय वन्यो । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणिको अहिले चौतर्फी प्रशंसा पनि भैरहेको छ ।
पारस शाह बन्नका लागि भरतमणिले डेढ बर्ष अगाडि नै सोचेका थिए । तर, उनले तयारी गरेर मात्र त्यसलाई प्रश्तुत गर्ने विचार गरे। तयार गरिसकेपछि गतिलो स्टेजको प्रतिक्षामा रहेका उनले कमेडि चेम्पियनमा त्यो कला प्रस्तुत गरे । त्यो प्रस्तुतीपछि भरतलाई पारसले समेत फोन गरेर धन्यवाद दिएको वताईन्छ। सोहि प्रस्तुतीका कारण भरतले पारसको पनि साथ पाएको चर्चा गरिन्छ।
कमेडि च्याम्पियनको फाईनलमा भरतमणिका साथै भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा पुगेका छन्।
भरतलाई जस्तै सिक्किमका विक्किलाई जिताउन पनि भरपुर प्रयास भईरहेको छ । केही दिन अगाडि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी विक्की अग्रवाललाई भोट गर्न भन्दै उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरे । उनका लागि अहिले भोटिङ गर्नका लागि सिक्किममा अभियान नै चलेको छ ।
सन्तोष थापालाई जिताउन भन्दै गोरखामा पनि प्रयासहरु भईरहेको जनाईएको छ। दर्शकको भोट धेरै पाउने प्रतिस्पर्धी शोमा अगाडि बढ्ने नियमका कारण पनि उनीहरुलाई भोट गर्न ठूलै पैसा खर्च हुने गरेको छ ।
http://
राजनीति, जात, धर्म, लिङग र भुगोलको सीमाभन्दा बाहिर, केवल कलाका लागि चाहियो साथ । pic.twitter.com/uXnSJCD0nv
— Yogesh Bhattarai (@yogesbhattarai) September 10, 2021
योगेश भट्टराई कमेडी च्याम्पियन २ भरतमणि पौडेल विक्की अग्रवाल सन्तोष थापा पीएस गोले