गृहमन्त्रीको नाम जोडेर प्रहरीमा कांग्रेस कार्यकर्ता भर्ना गरेको प्रचार गर्ने गुरुङ पक्राउ

गृहमन्त्रीको सहयोगमा ४१ जना नेपाली कांग्रेसका कार्यकर्तालाई प्रहरीमा भर्ना गराएको प्रचार गर्ने प्युठानका ३० वर्षिय नरेन्द्र गुरुङ पक्राउ परेका छन् ।
प्युठानको ऐरावती गाउँपालिका–१ का गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणले प्युठानका ११ जना र देशभरबाट ४१ जना नेपाली कांग्रेसका कार्यकर्ताको नाम निकल्न सफल भएको फेसवुक स्ट्याटर लेखेका थिए । जसमा ४१ मध्ये धेरैको नामसमेत उल्लेख गरिएको छ।
पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।
यो पनि
कांग्रेस सभापतिको सिफारिस र गृहमन्त्रीको आदेशमा प्रहरीमा कार्यकर्ता भर्ना