News

सांसद गंगा चौधरी सत्गौवा भाईरल हुन खोज्दा संसदमा हंगामा

सांसद गंगा चौधरी सत्गौवा भाईरल हुन खोज्दा संसदमा हंगामा

वुधवारदेखी सुरु भएको प्रतिनिधिसभा वैठकमा नेकपा एमालेले अवरोध गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले शुक्रबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्यो ।

आफूले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेर भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले बुधबारको बैठकमा पनि नाराबाजी गरेको थियो । एमालेले १४ जना सांसदमाथि कारबाही गरेको जानकारी भदौ १ मा संसद् सचिवालयमा दिएको थियो । तर त्यसलाई सभामुख सापकोटाले अघि बढाएका थिएनन ।

सोही आक्रोशमा एमाले सांसदले वुधवार र शुक्रवार दुवै दिनको वैठकमा अवरोध गरे । तर, सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको वैठक भने अवरोधकै विच पनि सञ्चालन गरे ।

तर, यसक्रममा एमालेका सांसदले ठुलै खैलावैला मच्चाए । वैठकको कार्यसूचीमा प्रवेश नगर्दै प्रमुख प्रतिपक्ष एमालेका सांसदहरू रोस्ट्रमतर्फ दौडिहाले । एमाले सांसदलाई रोक्न खोज्दा मर्यादापालकसँग घम्साघम्सी भयो।

रोस्ट्रममा जान मर्यादापालकले रोकेपछि एमाले सांसदले ‘मर्यादापालकको दमन मुर्दावाद, सदनभित्र बल प्रयोग गर्न पाइँदैन’ जस्ता नारासमेत लगाएका थिए । आक्रामक रुपमा देखिएका एमाले सांसदहरू कसरी हुन्छ रोस्ट्रममा जाने सुरमा लागे । रोस्ट्रमतर्फ जाने दुवै सिँढीमा मर्यादापालकले छेकेपछि बीचबाट पनि चढ्न खोजे । त्यस क्रममा हातले उचालेर, काँधमा टेकाएर आफ्ना सांसदलाई रोस्ट्रमतर्फ अघि बढाउन खोजे । नारदमुनि राना, पदम गिरी र नरबहादुर धामीले नसकेपछि सांसद गंगा चौधरी सत्गौवा, आशाकुमारी विकलाई उचालेर रोष्ट्रममा पठाउन खोजियो । अर्की सांसद रेखाकुमारी झाले गृहमन्त्रीको टेबलमा राखिएको माइक झिकेर रोस्ट्रमतिर हान्ने प्रयास गरिन तर, मर्यादापालकले उनको हातको माइक खोसे ।

यो घट्ना पछि सांसद झा र गंगा चौधरीको चर्चा चुलिएको छ। उसो त सांसद चौधरीले शुक्रवार देखाएको हर्कत पार्टीको उदेश्य अनुसार नभई भाईरल हुनका लागि गरेको भन्दै आलोचना पनि हुन थालेका छ। निकटवर्तीहरुका अनुसार गंगा चौधरीलाई जसरी पनि भाइरल हुने भुत सवार छ। उनी रातभरी पनि कसरी चर्चामा आउने भनेर कुरा गरेर वस्ने गरेको उनीहरु वताउँछन् । मौका पाएको वेला संसदमै कुनै उथलपुथल गर्न पाए आगामी दिनमा भोटका लागि  पनि धेरै दुःख गर्नु नपर्ने उनको सोचका कारण शुक्रवारको घट्ना उग्र भएको जानकारहरु वताउँछन्  ।

को हुन गंगा चौधरी सत्गौवा
नेकपा एमालेको समानुपातिक कोटाबाट सांसद बनेकी सत्गौवा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीवाट आएकी हुन । लामो समय काम गरेका कयौँ नेतृहरुलाई ‘रिङ आउट’ गर्दै उनी पावरका कारण सांसद वनेकी हुन । थरुहट आन्दोलनको समयमा चौधरी एमालेको कटु आलोचक थिइन् । 

थरुहट पार्टीबाट सांसद हुँदाहुँदै उनले नयाँ शक्ति रोजेकी थिइन् । थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं व्यस्थापिका संसदकी सदस्य गंगा चौधरीलाई पार्टीबाट निष्काशन गरेको थियो। पटक पटक सचेत गराउँदा पनि अनुशासन उलंघन गरी नयाँ पार्टी बनाउन लागेको भन्दै उनलाई थरुहटले ०७३ पुसमा निष्काशन गरेको थियो ।

व्यवस्थापिका संसद्, विधायन समितिको सभापति समेत बनेकी उनी थरुहटबाट निष्काशित भएपछि नयाँ शक्तिमा पुगेकी थिइन् । पार्टीबाट निकालिएपछि कैलाली स्थायी बसोबास भएकी उनले ०७३ पुस ८ गते थरुहट तराई लोकतान्त्रिक पार्टी दर्ता पनि गरेकी थिइन् । गंगा कुनै बेला एमाले नै थिइन्, त्यसपछि उनी थरुहटमा लागिन् । थरुहटबाट नयाँशक्ति पुगेकी उनी त्यहाँबाट एमाले नेताहरुलाई भेटेर समानुपातिक सूचीमा समावेश हुन सफल भएकी थिइन् ।

नेकपा एमाले अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा वैठक गंगा चौधरी सत्गौवा आशाकुमारी विक रेखाकुमारी झा

विशेष