News

वैठक सञ्चालन गर्नै नसकेपछि हच्किए सभामुख, वोलाए सर्वदलिय वैठक

वैठक सञ्चालन गर्नै नसकेपछि हच्किए सभामुख, वोलाए सर्वदलिय वैठक

प्रमुख प्रतिपक्षलाई पेलेरै संसद सञ्चालन गर्ने योजना वनाएका सभामुख अग्निप्रसाद सापकोटा आईवारदेखी पछि हटेका  छन् । आफनो माग सम्वोधन नभए निरन्तर संसद अवरोध गर्ने एमाले संसदिय दलको निर्णयपछि सभामुख हच्किएका हुन ।

आईतवार तेस्रो दिन पनि एमालेले प्रतिनिधिसभाको वैठक सुरु हुनासाथ नारावाजी गरेको थियो । वेलमा भेला भएका एमाले सांसदले निरन्तर अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि संसद स्थगित गरे । सोही समयमा उनले एमाले सांसदसँग छलफल पनि गरे ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी तथा सांसद खगराज अधिकारीसँग भएको छलफलमा उनले संसद सहज वनाउन आग्रह गरे । तर, एमाले सांसदहरूले आफ्नो गल्ती सच्याउन आग्रह गरेपछि उनको प्रयास असफल भयो ।

त्यसपछि उनले फेरी वैठक सुचारु गरे। तर, एमाले सांसदले नारावाजी गरेर लामो समय संसद अवरोध गरेपछि २९ भदौसम्मका लागि वैठक स्थगित भएको छ । त्यसपछि उनले सोमवारका लागि सर्वदलीय बैठक बोलाएका छन्।

सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताहरूसँग भोलि सोमवार दिउँसो साढे २ बजे छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । संसद् बैठकमा नेकपा एमालेले गरेको अवरोध हटाउने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि सभामुखले बैठक बोलाएको सचिवालयले जनाएको छ।

सापकोटाले शुक्रवारको वैठक भने प्रतिपक्ष एमालेलाई पेलेरै संचालन गरेका थिए । सांसदहरुको नाराबाजीकै बीचमा सोही वैठकवाट केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर सरकारले सदनमा नयाँ बजेट पेस गरेको छ । 

अग्निप्रसाद सापकोटा संसद अवरोध सर्वदलीय बैठक एमाले संसदिय दल

विशेष