News

भाइरल हुन खोज्ने सांसदलाई ओलीले थर्काए, संसदमा अशोभनिय व्यवहार नगर्न निर्देशन

भाइरल हुन खोज्ने सांसदलाई ओलीले थर्काए, संसदमा अशोभनिय व्यवहार नगर्न निर्देशन

शुक्रबार संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै गर्दा सांसद नारदमुनि राना, पदम गिरी, नरबहादुर धामी, गंगा चौधरी सत्गौवा, आशाकुमारी विकको विरोध शैलीलाई मर्यादा पालकले सम्हाल्नै सकेनन् ।


नारदमुनि राना, पदम गिरी र नरबहादुर धामीले नसकेपछि सांसद गंगा चौधरी सत्गौवा, आशाकुमारी विकलाई उचालेर रोष्ट्रममा पठाउन खोजियो । अर्की सांसद रेखाकुमारी झाले गृहमन्त्रीको टेबलमा राखिएको माइक झिकेर रोस्ट्रमतिर हान्ने प्रयास गरिन तर, मर्यादापालकले उनको हातको माइक खोसे ।


शुक्रबार संसद भवनमा एमालेका सांसदले प्रस्तुत गरेको विरोध शैलीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अशोभनिए र देखावटी भनेकाछन् । संसद अधिवेशनमा त्यसरी अशोभनिय र देखावटी व्यवहार प्रर्दशन नर्गन पनि अध्यक्ष ओलीले आफ्ना सांसदलाई सुझाव दिएकाछन् । सांसद रेखा झाले सभामुख अग्नी सापकोटालाई माइकले हान्ने नेकपा एमालेको षड्यन्त्र रहेको भनाइलाई ओलीले खण्डन समेत गरेकाछन् ।


आईतबार मिडियासँग प्रतिक्रिया दिँदै ओली भन्छन्, 'कसैले भनेको जस्तो सभामुखलाई माइकले आक्रमण गर्ने योजना हाम्रो पार्टीको थिएन । त्यस्तो हुँदै नभएको कुरा मिडियामा गर्नु हुँदैन । हाम्रो त्यस्तो योजना छैदै थिएन त कसरी हो भन्नु । हाम्रा माननीय ज्युहरुले बोल्दा, ब्यवहार गर्दा जिम्मेवार हुनुपर्दछ ।  काध चढेर माथी जान खोज्ने कुराहरु, मर्यादा पालकको काध चढने कुरा नगर्नु त्यो देखाउने कुरा मात्रै हुन्छ । असोभनिए हुन्छ ।'


यो घट्ना पछि सांसद झा, विक र गंगा चौधरीको चर्चा चुलिएको छ  । उसो त सांसद चौधरीले शुक्रवार देखाएको हर्कत पार्टीको उदेश्य अनुसार नभई भाईरल हुनका लागि गरेको भन्दै आलोचना पनि हुन थालेका छ । निकटवर्तीहरुका अनुसार गंगा चौधरीलाई जसरी पनि भाइरल हुने भुत सवार छ । उनी रातभरी पनि कसरी चर्चामा आउने भनेर कुरा गरेर वस्ने गरेको उनीहरु वताउँछन् । मौका पाएको वेला संसदमै कुनै उथलपुथल गर्न पाए आगामी दिनमा भोटका लागि  पनि धेरै दुःख गर्नु नपर्ने उनको सोचका कारण शुक्रवारको घट्ना उग्र भएको जानकारहरु वताउँछन् ।


सांसद आशा कुमारी विकलाई पनि सतही चर्चाको लागि जे पनि गर्न तयार हुने भनेर विश्लेषण हुने गरेको छ । केहि समयअघि पब्जि र फ्रिफायर बन्द गर्नुपर्छ भनेर चर्चामा आएकी सांसद विक लगत्तै कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति छानविन गर्नुपर्छ भनेर सस्तो लोकप्रियता कमाएकी थिइन् । विहीबार सांसद गंगा थारुले मर्यादा पालकलाई धक्का दिएको फोटो भाइरल भएपछि त्यसको सिको गर्दै सांसद विकले पनि भाइरल हुन खोजेको आलोचकहरुको विश्लेषण छ ।

केपी शर्मा ओली आशा कुमारी विक अशोभनिय व्यवहार

विशेष