News राजनीति

उपप्रधानमन्त्री नपाएपछि उपेन्द्र यादव देउवासँग विच्किए, माधवसँग पनि विवाद

उपप्रधानमन्त्री नपाएपछि उपेन्द्र यादव देउवासँग विच्किए, माधवसँग पनि विवाद

उद्योग र भौतिक पुर्वाधार मन्त्रालयमा दावी गर्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग विवाद गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादवकोे प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि लफडा परेको छ ।

आफुले खोजेको मन्त्रालय नदिएपछि यादव देउवासँग रुष्ट भएका छन् । उनले देउवासँग आफुलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको दावी गरेका थिए । उनले पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन् । 

शुक्रबार बोलाइएको गठबन्धनको बैठकमा उनले जसपाले उपप्रधानमन्त्री पद पाउनु पर्ने दाबी गरेको स्रोतले बतायो । गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुले सोधेको जिज्ञासामा उपेन्द्र यादवले दिएको जवाफ हेर्दा पनि उनको त्यो कुरा स्पष्ट बुझिन्छ । गठबन्धनका अन्य नेताहरुले भागबण्डा मिलेको प्रतिक्रिया दिएपनि उनले भने मन्त्रालय भागबण्डा गर्ने विषयमा गठबन्धनमा अझै कुरा नमिलेको बताएका थिए ।

प्रधानमन्त्री देउवा भने उपप्रधानमन्त्री पद राख्ने पक्षमा छैनन् । जसपालाई उपप्रधानमन्त्री दिए अन्य ३ वटा उपप्रधानमन्त्री पद थप्नु पर्ने देउवाको बुझाइ छ । ४ वटा उपप्रधानमन्त्री राखे जति सुकै राम्रो काम गरे पनि सरकार अलोकप्रिय हुने देउवा निकट व्यक्तिहरुले देउवालाई सल्लाह दिएका छन् । 

उपेन्द्रलाई उपप्रधानमन्त्री दिए आफनै पार्टीको रामचन्द्र पौडेल पक्ष, माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षलाई पनि एक–एक वटा उपप्रधानमन्त्री पद दिनु पर्ने देउवाको वुझाई छ । यही विषयमा कुरा नमिलेपछि देउवासँग यादव चिढिएको स्रोतले बतायो ।

यादव भने उपप्रधानमन्त्री पद नपाए सरकारमा जाने पक्षमा छैनन् । यसअघि उनी दुई पटक उपप्रधानमन्त्री भइसकेका छन् । त्यो स्थितिमा यादवले सप्तरीकी सांसद रेणु यादवलाई सरकारमा पठाउने भएका छन् । 

यसपटक जसपाले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । रेणु यादव सरकारमा गइनन भने अमृता अग्रहरीलाई राज्यमन्त्रीमा सिफारिश गर्ने सम्भावना छ। ५ नम्बर प्रदेशबाट इस्तियाक राइ वा अमृता अग्रहरी, पर्साबाट रामसहाय यादव वा प्रदीप यादवमध्येबाट एक जनालाई पठाउने तयारी छ। 

राजेन्द्र श्रेष्ठ, महेन्द्रयादव तथा प्रमोद यादवको नाम पनि मीन्त्रीको सुचिमा छ। तर महेन्द्र  र प्रमोदको एउटै भएकाले एकजनालाई पठाउने योजना छ। 

यो पनि

मालदार मन्त्रायमा नेपाल र यादवको लफडा, दुवैलाई मिलाउन प्रचण्डको मध्यस्थता

मन्त्रीपरिषद विस्तारमा सकस : मालदार मन्त्रालयमा माधव र उपेन्द्रको तानातान

माधवकुमार नेपाल उपेन्द्र यादव शेरबहादुर देउवा उद्योग र भौतिक पुर्वाधार मन्त्रालय

विशेष