News

ओलीले सांसदलाई मर्यादा सिकाए, सभामुखले छलफलमा वोलाए

ओलीले सांसदलाई मर्यादा सिकाए, सभामुखले छलफलमा वोलाए

केपी शर्मा ओलीले आफनो सांसदलाई मर्यादा पढाएपछि आजको प्रतिनिधि सभा वैठक तुलनात्मक रुपमा मर्यादित देखिएको छ। प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपनि अघिल्ला दिनको तुलनामा उदण्डता भने देखिएको छैन ।

अघिल्ला दिनमा मर्यादापालक र सांसदहरुबीच घम्साघम्सी देखिएको थियो। प्रतिस्थापन बजेट पेश गर्ने क्रममा एमाले सांसदहरुले काँधमा चढेर रोष्टम पुग्ने प्रयास गरेका थिए। भने माईक उठाएर सभामुखलाई हान्ने प्रयास पनि गरिएको थियो । 

तर आजको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गर्दै नारा लगाए पनि कुने घम्साघम्सी भएन। प्रतिनिधि सभाको बैठक अघि एमाले दलका नेता केपी शर्मा ओलीले मर्यादित भएर प्रस्तुत हुन आफ्ना सांसदहरुलाई भनेका थिए।

अघिल्लो बैठकमा मर्यादापालकहरुले सभामुख बस्ने स्थान अघिको खाली ठाउँको आधा भागमा मात्र प्रतिपक्षीलाई रोकेका थिए। तर आज उनीहरुले पुरै वेल खुल्ला छाडेका थिए। एमाले सांसदले विरोधलाई भने कायमै राखेका छन् ।

उनीहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, गैर सांसदलाई प्रवेश निषेध गर नारा लगाएका छन् ।
 
एमाले सांसदहरुले मावध नेपाल सहित १४ सांसदलाई कारवाहीको सूचना सभामखुले प्रकाशित नगरेकोमा प्रश्न उठाउँदै आएका छन्। आजको विरोध कार्यक्रममा एमाले अध्यक्ष ओली पनि वेलमा उभिएका छन् ।

वैठक केहि समयका लागि स्थगित गरेर सभामुख सभामुख अग्नि सापकोटाले नेकपा एमालेका सांसदलाई छलफलका लागि बोलाएका छन्। संघीय संसद भवनमा अहिले सभामुख सापकोटाले नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी तथा सांसद खगराज अधिकारीसँग कुराकानी गरिरहेका छन्। 

सभामुखको सचिवालयका अनुसार छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी छन्। 
 

प्रतिनिधिसभा

विशेष