News विदेश

चीन समर्थित सामाजिक सञ्जालमा कोरोना महामारीको आरोप अमेरिकामाथि

चीन समर्थित सामाजिक सञ्जालमा कोरोना महामारीको आरोप अमेरिकामाथि

चीन समर्थित सामाजिक सञ्जालहरुमा कोरोना महामारीबारे अमेरिकालाई आरोप लगाउँदै विभिन्न अभियानहरु सञ्चालन भएको पाइएको छ। चीनको स्वार्थमा विभिन्न भाषामा र विभिन्न सामाजिक सञ्जालहरुमा कोरोना महामारीबारे गलत सूचना प्रवाह गर्ने अभियान चलाइएको छ। 

सामाजिक सञ्जालमा गलत सूचनाको अभियानका लागि नयाँ भाषा र प्लेटफर्ममा विस्तार गरिएको छ। यससँगै मानिसहरुलाई संयुक्त राज्य अमेरिकामा विरोध प्रदर्शन गर्नको लागि प्रोत्साहन गर्न केही रकम समेत उपलब्ध गराइएको विभिन्न अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।

सुरक्षा कम्पनी फायरआई र अल्फाबेट्सको गूगलका विशेषज्ञहरुले सन् २०१९ मा हङकङमा भएको प्रजातान्त्रिक आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले अंग्रेजी र चीनियाँ भाषामा सयौं एकाउन्टहरु खुलेको पाइएको छ। पछिल्लो समय तीनै अकाउन्टहरुमार्फत यो अभियान सञ्चालन भइरहेको पाइएको हो। यस अभियानले आफ्नो मिशन फराकिलो बनाएको छ र ट्विटर, फेसबुक र गुगलबाट विश्वभरि दर्जनौं साइटहरुमा ह्यान्डल गर्दै हजारौं मानिसहरुसमक्ष फैलिएको पाइएको छ। 

यस विस्तारले चीनियाँ स्वार्थलाई निकै गहनरुपमा लिइएको छ। विज्ञहरुका अनुसार रूसले धेरै वर्षदेखि प्रयोग गरीरहेको अन्तर्राष्ट्रिय प्रचार प्रविधिहरु अहिले चीनले प्रयोग गरिरहेको छ। 

केही नयाँ एकाउन्टहरु नेटवर्कमा मुख्य रूपबाट चीनियाँ प्रोपोगाण्डा फैलाइने देशहरुमा प्रयोग गरीएको छ। केही एकाउन्टहरु अर्जेन्टिनामा खुलेका पाइएका छन्। त्यसैगरि विश्वका अन्य मुलुकहरुमा पनि ती नेटवर्कहरु देखिए पनि विशेष गरि रुस र जर्मनीमा बढी रहेको पाइएको छ। 

यसको अहिलेको मुख्य जोड भनेको कोरोना महामारी भ्रम फैलाउनु रहेको देखिन्छ। रुसी, जर्मनी, स्पेनिस र अन्य भाषामा लेखिएको एक सामाजिक सञ्जालको पोस्टले नोभेल कोरोना भाइरसको उत्पत्ति संयुक्त राज्य अमेरिकामा भएको पाइएको छ। 

अमेरिकाले यसअघि कोरोना महामारीको उत्पत्ति चीनमा भएको आरोप लगाउँदै आएको र त्यसको बदला लिनका लागि सामाजिक सञ्जाल र विभिन्न पेड वेबसाइटको प्रयोग गर्दै कोरोना महामारीको उत्पत्ति अमेकिामा भएको हल्ला फैलाइएको छ।

कोरोना महामारी अमेरिका चीन समर्थित सामाजिक सञ्जाल

विशेष