भदौ २९ गते वस्ने गरी प्रतिनिधिसभाको वैठक स्थगित
प्रतिनिधि सभाको वैठक २९ भदौ दिनको १ वजे वस्ने गरी स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुको अवरोधका कारण वैठक स्थगित भएको हो ।
आज १ वजेका लागि वोलाईएको पहिलो चरणको वैठक एमालेको अवरोधकै कारण १५ मिनेट स्थगित गरिएको थियो । उक्त समयमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदलाई छलफलका लागि बोलाएका थिए । छलफलमा कानुन मन्त्री ज्ञानेन्द्रवहादुर कार्की पनि सहभागि थिए ।
संघीय संसद भवनमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी तथा सांसद खगराज अधिकारीसँग भएको कुराकानीमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए ।
त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो । कानूनमन्त्री कार्कीले भने उच्चस्तरमै छलफल गरेर समाधान निकाल्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । छलफलमा सहमति नजुटेपछि सभामुखले दोस्रो चरणका वैठक अगाडि वढाएका थिए ।
तर, एमाले सांसदले निरन्तर नारावाजी गरेपछि सभामुखले वैठक स्थगित गरेका हुन ।
प्रतिनिधिसभा