News देश

मर्यादा पालकलाई टोकेर घाईते वनाउने उदण्ड सांसद !

मर्यादा पालकलाई टोकेर घाईते वनाउने उदण्ड सांसद !

शुक्रवारको प्रतिनिधिसभा वैठकमा एमाले सांसद र मर्यादापालक विच घम्साघम्सी हुँदा सांसदले टोकेर एक जना मर्यादा पालक घाईते भएका थिए । उनलाई हातमा घाउ नै हुने गरि टोक्ने एमाले सांसद लालवहादुर थापा भएको पाईएको छ।

मर्यादापालकलाई हातमा टोक्दै गरेको तस्वीर र शुक्रवारको संसदको भिडियो म्याच गरेर हेर्दा बाजुराबाट निर्वाचित सांसद थापा नै भएको देखिन्छ। थापाले मर्यादापालकलाई चोट पुर्याएर रोष्ट्रममा जान खोजेका थिए।

सरकारले बजेटको प्रतिस्थापन विधेयक पेश गरेका बेला त्यसलाइ असफल पार्न एमालेले जसरी पनि रोष्ट्रममा जाने योजना वनाएको थियो। संसद सुरू हुने वित्तिकै दगुरेर शान्ता चौधरी रोष्ट्रम घेर्न पुगेकी थिइन। यसपछि गंगा चौधरी,नारदमुनि रानाथारू लगायतका सांसदले मर्यादापालकको काँधमा चढेर रोष्ट्रममा प्रवेश गर्न खोजेका थिए।

यहि क्रममा सांसद थापाले भने मर्यादापालकलाइै हातमा टोकेर अवरोध फुकाउन खोजेको पाईएको छ। मर्यादापालकले सांसदलाई रोक्न हातको साङलो वनाएका थिए। यहि वेला थापाले टोकेका पाईएको छ।

गत निर्वाचनमा कांग्रेस उम्मेदवार कविराज पण्डितलाइ ४ हजार ८ सय भन्दा बढी मत अन्तरले हराएका थापाले २८ हजार ६५ मत पाएका थिए।

सांसद थापा केही दिन अघि मात्रै अष्ट्रियाको राजधानी भियनामा भएको विश्वभरका सभामुखहरूको सम्मेलनमा भाग लिएर फर्केका हुन । राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल र सांसद थापा कार्यक्रममा सहभागि भएर भदौ २५ गते फर्किएको जनाईएको छ।

प्रतिनिधिसभा वैठक एमाले सांसद र मर्यादापालक विच घम्साघम्सी सांसदले टोकेर मर्यादा पालक घाईते लालवहादुर थापा

विशेष