News

‘एमसीसीको कुरा जनताले नबुझेको होइन, त्यसो भन्नेहरूको आँखा डलरले बन्द गरेको हो’

‘एमसीसीको कुरा जनताले नबुझेको होइन, त्यसो भन्नेहरूको आँखा डलरले बन्द गरेको हो’

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विकासको वाधक पैसा नभएर सत्ता भएको वताएका छन् । एमसिसी सम्झौताविरुद्ध काठमाण्डौमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन ।

पैसाबाट मात्रै विकास र समृद्धि हुन्छ भन्ने दलालहरूको सोच भएको उनले वताए । एमसिसीबारे आफूहरूले बुझेको बताउँदै नेपालका दलालहरूले नबुझेका आरोप लगाए। ‘पैसाले मात्रै विकास हुन्छ? अधिकार र स्वतन्त्रता चाहिन्छ’– उनले भने। 

जनताको हातमा सत्ता भयो भने, साँच्चिकै भोका नांगा जनता सत्ताको मालिक भए भने पहाड सम्याउन सकिन्छ, नदी नाला थुन्न सकिन्छ। पढेर त भनेका छौं, बुझेका छौं, नबुझेको भनेर भ्रम छर्ने? जनताले कुरा नबुझेको होइन त्यसो भन्नेहरूको आँखा डलरले बन्द गरेको हो।’

एनसेलले अझै अर्बौ कर नतिर्दा दलका नेताहरू बोल्न नसकेको बताए। अझ एमसिसीको ५० करोड डलर ल्याएर कमिसन खाने खेलमा लागेको उनको दाबी छ। 

अमेरिकी परियोजना जबरजस्ती पास गर्न खोजियो भने अहिलेको आन्दोलनको झिल्को राँको बनेर निस्किने उनले चेतावनी पनि दिए। 
 

नेत्रविक्रम चन्द

विशेष