News देश

कुरो मात्रै गरेर चुरोमा नपुगी सकियो सभामुखले वोलाएको सर्वदलिय वैठक

कुरो मात्रै गरेर चुरोमा नपुगी सकियो सभामुखले वोलाएको सर्वदलिय वैठक

नेकपा एमाले सहभागि नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले वोलाएको सर्वदलिय वैठक चुरोमा नपुगीकन सकिएको छ । संसदमा जारी गतिरोध अन्त्यका लागि एमालेसँग थप छलफल गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै वैठक सकिएको हो।

सोमबार बसेको बैठकले कुनै निर्णय गर्न भने नसकेको जनाईएको छ । एमालेले निरन्तर संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा एमालेले सहभागी नहुने निर्णय गरेको थियो ।

शुक्रवार अवरोधकै विच सभामुखले वैठक संचालन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर सरकारले सदनमा नयाँ बजेट पेस गरेपछि एमाले थप रुष्ट छ । एमालेले सोमवारै सभामुखलाई भेटेर पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न माग गरेको छ ।

यो पनि

सभामुखलाई एमालेले भन्यो– १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्नोस वा मार्गप्रशस्त गर्नोस

वैठक सञ्चालन गर्नै नसकेपछि हच्किए सभामुख, वोलाए सर्वदलिय वैठक

सर्वदलिय वैठक

विशेष