News

हत्यारालाई स्वकिय सचिव वनाएपछि मुख्यमन्त्री विवादमा

हत्यारालाई स्वकिय सचिव वनाएपछि मुख्यमन्त्री विवादमा

हत्यारालाई स्वकिय सचिव नियुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी विवादमा तानिएका छन् । हत्या आरोपमा सजाय भोगेर थुनामुक्त भएका सुजित विकलाई केसीले स्वकिय सचिव नियुक्त गरेपछि पीडित परिवारले आपत्ति जनाएका छन् ।

विक एमाले कार्यकर्ता प्रचण्ड थैव हत्या घटनामा दोषी ठहर भई कैद सजाय भोगेर एक वर्षअघि मात्रै रिहा भएका हुन् । उनी ०६५ सालमा वाईसीएल रुपन्देहीको अध्यक्ष थिए ।

थैवकी आमा सुकन्याले सोमबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी विकलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाउँदा पुरानो घाउ बल्झिएको, मानसिक पीडा थपिएको र असुरक्षा पनि वढेको गुनासो गरिन् ।

स्वर्गीय थैवकी श्रीमती लक्ष्मी थैवले मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिले अपराधमा संलग्नलाई आफ्नो प्रमुख स्वकीय सचिव बनाउनु निन्दनीय र लज्जाको बिषय भएको बताइन् । मुख्यमन्त्रीका स्वकीय सचिव विकले भने आफू घटनामा संलग्न नभए पनि राजनीतिक प्रतिशोधका आधारमा फसाइएको बताए । 

यो पनि

प्रचण्डलाई गोली ठोकेका सुजित मुख्यमन्त्रीको स्वकिय सचिव !

लुम्बिनी प्रदेश कुलप्रसाद केसी प्रमुख स्वकीय सचिव प्रचण्ड थैव खरेन्द्र विक

विशेष