News विदेश

अफगान उपराष्ट्रपतिको घरमा १८ वटा सुनका इटा र ७७ करोड नगद

अफगान उपराष्ट्रपतिको घरमा १८ वटा सुनका इटा र ७७ करोड नगद

अफ्गानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेहको घरबाट ६५ लाख डलर (नेपाली रुपैयाँ ७७ करोड भन्दा बढी) र १८ वटा सुनको इँटा बरामद भएको छ।

तालिबानले सत्ता कब्जा गरेपछि उनको घरमा खानतलासी गर्दा उक्त रकम र सुनको इटा वरामद भएको छ ।

पन्जसिर कब्जापछि तालिबानी लडाकुले सालेहको लुक्ने स्थान कब्जा गरेको जनाईएको छ । तालिबानका लडाकुले एक भिडियो जारी गर्दै यो कुराको पुष्टि गरेका छन् । उक्त भिडियो तालिबानको अकाउन्टमा भाइरल भइरहेको छ ।

चार–पाँच जना तालिबानी लडाकु एउटा घरमा पसेर घरको खानतलासी गरिरहेको भिडियोमा देखिन्छ। झोलाहरू छरिएका छन् । कुनै झोलाबाट डलरको गड्डी र सुनका इँटाले भरिएका छन् । 
 

विशेष