News

वावुरामलाई चौतारोमै धम्की– तिम्रो हालत गद्दाफीको जस्तै हुनेछ, कालले मर्न पाउने छैनौ

वावुरामलाई चौतारोमै धम्की– तिम्रो हालत गद्दाफीको जस्तै हुनेछ, कालले मर्न पाउने छैनौ

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई प्रायः सामाजिक सञ्जालमा सकृय रहने नेता मध्येका एक हुन । कुनै समय सामाजिक सञ्जालमा सबैभन्दा बढि रुचाइएका राजनीतिक व्यक्तित्व पनि हुन् उनी । उनले ट्वीटरमा उनलाई पछ्याउनेको संख्या पनि धेरै छ।

तर, जव उनले पार्टी फेर्दै गए, अनि उनको वोलिमा पनि सर्वसाधारणले वेवास्त गर्न थाले । उनका पछिल्लो कृयाकलाप र अभिब्यक्तिले भारत परस्तको आरोप लाग्न थालेपछि उनीमाथि सर्वसाधारणको विस्वास अझ घटदै गयो । सामाजिक सञ्जालमा उनलाई पछ्याउनेको संख्या नघटेपनि हिजो उनलाई जुन रुपमा मानिसहरुले समर्थन गर्थे त्यो समर्थन आजको दिनमा न्युन छ। उनको ट्वीटमा मानिसले प्राय गाली नै गरेको पाईन्छ।

हुँदा–हुँदा गाउँका पुराना यादहरु स्मरण गर्दै ट्वीटरमा राखिएको फोटोमा समेत वावुरामले गालीनै पाएका छन् । 

उनले आईतवार एउटा फोटो पोष्ट गर्दै लेखे–‘कुनै वेला गेठालो जाँदा सुस्ताउने आफ्नै गाउँको ऐतिहासिक ज्योती चौतारामा बसेर लण्डन, टोकियोलगायत विश्वभर छरिएका जसपाका साथीहरूसँग ‘सुज अभियान’ वारे भिडियो सम्वाद गर्दै!’

यो पोष्टसँगै उनलाई गाली गर्नेको ओईरो लागेको छ। ट्वीटर प्रयोगकर्ता लेख्छन्–‘त्यो चौतारोको रुखमा बाधेर कतीलाई रेटेका थियौ? त्यही रुखमा झुण्ड्याएर कतिलाई मारेका थियौ? कतिका लाश तेही चौतारोको वरीपरी ज्युँदै गाडेका थियौ? सम्झना होला नि। एक दिन तिम्रो हालत गद्दाफीको जस्तै हुनेछ। आफ्नै कालले मर्न चाँही पाउने छैनौ।’

सुशिल देवकोटाले लेखेका छन्–‘यही चौतारोमा कति निर्दोष नेपालीको रगत बगाइयो भन्ने तपाईं जस्तो पशुको मनमा त के आउँथ्यो होला र ! नेपाल देशको सर्वनाश गर्नको लागि नै भएको रैछ तपाईको जन्म ! तपाईको नाम लिँदा नेपालको कपुत भनेर लामो समय स्मरण गरिनेछ । ढुक्क हुनुस!’

यसैगरी, किरण वस्नेत लेख्छन्–‘गज्जब डा.साब! तर कुरो के भनेनी, उबेलामा नोएडामा बसेर गोरखधन्दा चलाउनुको साटो आफ्नै गाउँ घर डुलेर दाजुभाइ तथा दिदिबहिनीहरुसँग यसरी भलाकुसारी ग¥या भये कम्तिमा देशको हालत येस्तो त हुदैनथ्यो!’


राजन श्रेष्ठले लेखेका छन्–‘देश त लुट्नु लुट्यौ तेतीले मात्र नपुगेर कहिले भारु कहिले डलरको लागि जे पायो तेही सम्झौता गर्यौ। पुस्तौपुस्ता खान पुग्ने सम्पत्ती कमायौ, कतिको सिन्दुर पुछ्यौ, कतिलाइ टुहुरा बनायौ अनि कतिलाइ अपाङ्ग बनायौ ता पनि केही नभए जस्तो गरी खुरापाते भाषण दिंदै हिंड्न सकेकै हो!’

साधुराम गरिव नाम गरको ट्वीटर प्रयोगकर्ताले सुरक्षाकर्मी दुरुपयोग गरेको विषयमा पनि भट्टराईलाई ब्यंग्य गरेका छन् । ‘गज्जब छ नि हिजो तपाईं गोठालो हुनुहुन्थ्यो, आज पछाडी बर्दिधारी गोठालो पाउनु भाछ। बरु हिजो आफू गोठालो हुदा सुरक्षित हुनुहुन्थ्यो होला, आज बर्दिधारी राख्दा नि डर लाग्छ होला, कर्मले मानिसलाइ पुर्याउने यहि हो’– उनले लेखेका छन् ।

यतिमात्र होईन, यही फोटोका विषयमा भट्टराईलाई धेरैले गालि गरेका छन् । उनले गाली खाएको यो नै पहिलो घट्ना होईन। अहिले उनलाई सामाजिक सञ्जालमा गाली गर्ने श्रृंखला नै चलेको छ। उनका वोली र कृयाकलापका कारण ‘यो मान्छे गलतै हो’ भनेर वुझन थालेका कतिपय ब्यक्तिले भने उनलाई राम्रा कुरामा पनि गाली नै गरेको पाईन्छ। यद्यपी भट्टराईले सामाजिक सञ्जाल प्रयोगमा भने कमी गरेका छैनन् ।

बाबुराम भट्टराई

विशेष