News राजनीति

सांसद गंगा चौधरीको लिलाः सौतामाथिको विवाह नफावेपछि दिदीमाथि नै सौता

सांसद गंगा चौधरीको लिलाः सौतामाथिको विवाह नफावेपछि दिदीमाथि नै सौता

प्रतिनिधिसभाको वुधवार, २३ भदौको बैठकमा मर्यादापालकबीच घम्साघम्सी भएपछि नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा चर्चामा छिन् । सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकोतर्फबाट सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेपछि चौधरी र मर्यादापालकबीच धकेलाधकेल भयो ।

गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गर्न लाग्दा चौधरीले उनलाई रोक्ने प्रयास गरिन । उनले रोष्टममै उक्लिने प्रयास गरेपछि मर्यादापालकबीच घम्साघम्सी भयो।

त्यसपछि सुरु भएको सांसद गंगा चौधरी (सत्गौवा) को चर्चा अहिले पनि सेलाएको छैन । संसदमा उनको प्रस्तुती प्रायसः उग्र नै देखिन्छ। हरेक विषयमा कृयासिल रहने भएकै कारण उनको चर्चा हुनु स्वभाविक हो । तर, संसदमा ‘भाइरल’ वन्न खोज्दा कहिलेकाहिँ उनी विवादमा पनि पर्छिन । डा. गोविन्द केसीलाई ‘हत्यारा’ भन्नेदेखि गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरुलाई ‘भाडा’मा ल्याइएको भनेर गरेको टिप्पणीले उनलाई विवादमा तानेको थियो । यति मात्र होईन, कोरोना महामारीका बीच चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर समेत चौधरीले घरमा लुकाएकी थिईन। यो घटनाले समेत चौधरी निकै विवादीत बनेकी थिइन् । तर, संसारले गल्ती गरेको भनिसक्दा पनि उनी आफू भने सही भएको भन्दै तर्क गर्छिन ।

उनको यही प्रवृत्ति यदाकदा उनका लागि आत्मघाती पनि हुने गरेको छ। नजिकवाट चिन्नेहरु उनलाई अस्थिर प्रवृत्तिको भनेर आलोचना गर्छन । राजनीतिक जीवनदेखी पारिवकारीक सम्वन्धमा पनि उनको अस्थिरताको असर देखिन्छ। चौधरीको अस्थिर राजनीतिका विषयमा हामीले यसअघिको समाचारमा प्रस्तुत गरेका छौ  (यहाँ क्लिक गर्नुहोस) । आज भने उनको ब्यक्तिगत जिवनमा देखिएको अस्थिरताका विषय खोतल्ने प्रयास गरेका छौं ।

दुई पटक विवाह, दुवैमा सौता 
आदिवासी थारु समुदायको प्रतिनिधित्व गर्दै उनी प्रतिनिधिसभा सदस्य वनेकी हुन । थरुहट तराई पार्टीबाट नयाँ शक्ति पार्टीमा लागेकी उनी चुनावको मुखमा नेकपा एमालेमा प्रवेश गरिन् र समानुपातिक सांसदको पद सुरक्षित गरिन् ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद गंगा चौधरी कैलालीको साविक प्रतापुर गाविस–६, खमरीयामा जन्मेकी हुन । उनी भागिराम चौधरी र संझनादेवी चौधरीकी छोरी हुन ।  उनको पहिलो विवाह स्थानीय तुलसी चौधरीसंग भएको थियो । ८ कक्षा पढ्दै गर्दा तीन छोराछोरी र श्रीमती भएका तुलसीसँग उनको विवाह भएको थियो ।

पुर्व सांसद मोहनसिह राठौरको स्वकीय सचिव रहेका तुलसीसँग उनले सत्ताको प्रभावमाकै कारण विवाह गरेको चौधरी निकट एक एमाले कार्यकर्ता बताउँछन् । तुलसीले गंगालाई बिहे गरेपछि परिवारमा कलह मच्चियो । गंगाले अन्तिममा तुलसीसंग अंश लिएर केही समय माइतमै बसिन् । तुलसीसंग सम्बन्ध बिच्छेद भएको वर्ष दिन बित्न नपाउँदै गंगाले फेरी अर्को विवाह गरेन।

दोस्रो विवाह गर्दा भने उनी दिदी माथि नै सौता पसिन । २ छोरी १ छोराकी आमा भएकी दिदी हुँदाहुँदै उनले भिनाजु नन्दलाल चौधरीसंग बिहे गरेकी हुन । दाङको राप्ती गाउँपालिका–७ बस्ने नन्दलालसँग विवाह गरेकी उनले दिदीलाई भने दास वनाएर राखेको गाउँलेहरु वताउँछन् ।

पहिलो पतिले छोडेपछि उनले भिनाजुसँग पनि तलवको लोभमा विवाह गरेको वताईन्छ। नन्दलाल प्रहरीको हवल्दार भएकाले जागिरमा छउन्जेल तलव र जागिर छुटेपछि पेन्सन पाउने लोभमा उनी दिदीमाथि सौता पसेको स्रोतको भनाई छ ।

पति उठाउँछन् दोहोरो सुविधा
आफु सांसद भएपछि गंगाले आफनै पतिलाई नन्दलाललाई स्वकिय सचिव बनाएकी छिन् । नन्दलालले स्वकिय सचिव र पेन्सन दुवै तर्फवाट पैसा उठाउने गरेका छन् । तर, पहिलो पत्निलाई भने उनले पनि आर्थिक सहयोग नगर्दा विचल्ली भएको स्थानीयको भनाई छ । 

अधिकार र समानताको चर्को भाषण गर्दै हिड्ने चौधरीको आफ्नै परिवारमा भने चरम अन्याय रहेको स्थानियबासी रुष्ट छन् । सांसद चौधरीले अधिकारको कुरा उठाउँदा परिवारकै सदस्य भने आश्चर्यमा पर्ने गरेका छन् । ‘...लाई भन्दा देख्नेलाई लाज’ भने जस्तो उनको वोली र ब्यवहारका कारण आफुहरु लज्जित हुनु परेको उनीहरु वताउँछन् ।

पार्टीमा झगडा लाउने, नेता रिझाउने
चौधरीले ठुला नेता रिझाउन एक–अर्काको कुरा लगाउने र झगडा लगाउने काम समेत गर्ने गरेको एमालेका नेताहरु वताउँछन् । पहिला एमाले, थरुहट, नयाँशक्ति, हुँदै नेकपामा पुगेकी उनी कहिले माधब र कहिलो प्रचण्ड निकट भईन । अन्त्यमा ओली निकट भएर एमालेमा उपद्रो मच्चाईरहेको उनीहरुको भनाई छ । एमालेमा पनि थारु समुदायबाट आफू नै नेता हो भन्ैद अरुका कुरा काटेपछि सबैसँग सम्बन्ध चिसिएको छ। आफनै पार्टीका नारदमूनी राना देखि शान्ता चौधरीका बारेमा समेत उनले तथानाम भन्दै हिड़ने गरेको एमाले श्रोतको दावी छ। 

यो पनि

सांसद गंगा चौधरी सत्गौवा भाईरल हुन खोज्दा संसदमा हंगामा

गंगा चौधरी सत्गौवा

विशेष