News राजनीति

एमाले छोडेर नयाँ पार्टी वनाउँने तयारी गर्दै प्रभु साह

एमाले छोडेर नयाँ पार्टी वनाउँने तयारी गर्दै प्रभु साह

नेकपाको अन्तरसंघर्षमा तटस्थ वसेर एमाले–माओवादी ब्युँतिएपछि मन्त्री वन्न ओलीको पछि लागेका प्रभु साह अन्ततः एमाले पनि छोड्ने तयारीमा लागेका छन् । 

पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्री वन्न ओलीको पछि लागेका थिए । तर, एमालेमा लागेकै कारण सांसद र मन्त्री दुवै पद गुमाएका साह अन्ततः एमालेमा पनि नवस्ने निस्कर्षमा पुगेका छन् ।

यती वेला उनले आफु कहिल्यै एमाले नभएको पनि वताउँन थालेका छन् । उनले ओलीलाई भेटेर आफूले नेकपाको विचार र सिद्धान्तमा हिँड्न साथ दिएको, तर एमालेकै विचार र सिद्धान्तको निरन्तरता हुने भएमा आफू पार्टीमा नरहने निर्णय सुनाइसकेको एक नेताले जानकारी दिए ।

साहले गत साउन ५ गते ‘आईटी आर्मी’ नामको एउटा संगठन घोषणा गरेका थिए। ‘सामाजिक विकृति विसंगतिविरुद्ध लड्ने’ भन्दै घोषणा गरिएको त्यो संगठनले प्रदेश २ का आठ जिल्लामा संरचना बनाएको छ।

आइर्टी आर्मीकै नाममा अहिले प्रदेशभर एमसीसीको विरोधदेखि किसानलाई मल उपलब्ध गराउनुपर्ने भन्दै सडक प्रदर्शन हुन थालेका छन्। साहले नेकपाको निरन्तरता नहुने भए नयाँ दल खोल्ने हुन सक्छ भनेरै आइटी आर्मीको अभ्यास गरिएको वताएका छन् ।

उनले संसदबाहिर रहेका कम्युनिस्टहरुसँग मोर्चाबन्दी गर्ने योजना वनाएर त्यसका लागि छलफलसमेत अघि बढाइसकेका छन्। कम्तीमा तीन महिनाभित्र आफ्नो ने्तृत्वमा पार्टी गठन गर्नेगरी साहको तयारी छ ।

माओवादीमा रहँदा बाबुराम भट्टराईनिकट मानिएका साह भट्टराईले माओवादी परित्याग गरेपछि माओवादीमै बसे। बाबुराम माओवादीमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक रहँदै आएका साह त्यसपछि प्रचण्डसँगै नजिकिए। एमाले–माओवादी एकतापछि बनेको नेकपामा पनि उनी प्रचण्डसँगै नजिक थिए।


तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनी ओलीविरुद्ध उभिएका थिए। नेकपामा ओली एकातिर र प्रचण्ड–माधवकुमार नेपाल अर्कोतिर देखिए। नेकपाभित्रको विवाद यसरी उत्कर्षमा पुगेपछि, खासगरी नेपाललाई अध्यक्ष बनाउने निर्णय भएपछि साहले प्रचण्डलाई त्यागेर ओलीलाई रोजेका हुन । 

पुस १० गते उनी एकैपल्ट सहरी विकास मन्त्रीका रुपमा सपथ लिन शीतलनिवास पुगे र ओली क्याबिनेटमा सामेल भए। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपाका दुई घटक एमाले र माओवादीलाई ब्यूँताइदिएपछि साह विलखवन्धमा परे ।

त्यसछि माओवादीमा फर्कने चाहेपनि प्रचण्डले उनलाई भाउ दिएनन् । जसका कारण उनी न एमाले भए न माओवादीमा समाहित हुन सके । त्यसैले अहिले उनी नयाँ पार्टी गठन गरेर आफै नेतृत्व गर्ने सोचमा पुगेको उनी निकट नेता/कार्यकर्ताहरु वताउँछन् ।

यो पनि

प्रभु साहले किन छोडे दाहाल–नेपाल क्याम्प ?

प्रभु साह

विशेष