News

गायीका विष्णु माझीलाई खोज्दै प्रहरी पुग्यो माईती घरमा !

गायीका विष्णु माझीलाई खोज्दै प्रहरी पुग्यो माईती घरमा !

गायीका विष्णु माझीको अवस्था वुझ्न प्रहरीको स्थानीय टोली उनको माइती घरमा पुगेको छ। तर, उनको माईतीमा कोही फेला नपरेको प्रहरीले जनाएका छ।

विष्णु माझीका बाबुआमाको मृत्यु भइसकेको र दाजु वैदेशिक रोजगारमा रहेको प्रहरीले पत्ता लगाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले गायिका माझीबारे चासो देखाएपछि प्रहरी उनको माईती घरमा पुगेको हो । पछिल्लो समय गायीका माझीको ब्यक्तिगत जिवनको वारेमा सर्वत्र खोजी छ। तर, उनी लामो समयदेखी गुमनाम जिवन विताईरहेकी छिन् ।

कतिपयले उनलाई आफनै श्रीमान सुन्दरमणी अधिकारीले वन्धक वनाएको आरोप लगाईरहेको छन् । सामाजिक सञ्जाल र समाचार माद्यममा पनि उनको वारेमा चासो देखिएपछि आयोगले सम्वन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी अवस्था वुझन खोजेको जनाईएको छ ।

पछिल्लो समय गायिका विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘चरी जेलैमा’ सर्वाधिक चर्चामा आएपछि फेरी उनको खोजी सुरु भएको हो । 

यसअघि पनि एक पटक विष्णुको खोजी ब्यापक भएको थियो। यसअघि ०७५ सालमा विष्णु र कुलेन्द्र विश्वकर्माले गाएको ‘सालको पात टपरी हुनी नहुनी सल्लैको’ गीत पनि निकै चर्चामा आयो । त्यो गीतले चर्चा पाएसँगै विष्णु माझीको पनि खोजी भयो। 

त्यसपछि स्याङजा प्रहरीले उनीहरूलाई बोलाएको थियो। जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले ‘गुमनाम’ जीवन बिताइरहेको बताएकी थिइन्। त्यसको यो ’केस’ यत्तिकै सेलाएको थियो। 

उनी स्याङजाको रत्नपुर गाविस–६ चापाकोटमा जन्मिएकी हुन ।

यो पनि

विष्णु माझिको वास्तविक जिवनमा मिल्यो ‘चरी जेलैमा’ ?

विष्णु माझी राष्ट्रिय मानव अधिकार आयोग सुन्दरमणी अधिकारी

विशेष