News

सांसद पाण्डे र भट्टले पनि छोड्ने भए एमाले

सांसद पाण्डे र भट्टले पनि छोड्ने भए एमाले

नेकपा (एमाले) छाडेर एकीकृत समाजवादी पार्टी रोजेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई मुद्दा नटुंगिएसम्म कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

दलमा आवद्ध हुन पाउने हकमा असर पर्नेगरि कुनै कारबाही नगर्न सर्वोच्चले एमाले लगायत विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो। मंगलबार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। 

उनीहरू दुबैले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न माग गरेका थिए।

सर्वोच्चले भने उनीहरू दुवैलाई एकिकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारही नगर्न नगराउनु भनि अन्तिम आदेश जारी गरेको जनाईएको छ।

विशेष