News राजनीति

माधव नेपालले वडाध्यक्ष त के, वडा सदस्य पनि जित्दैनन् : ओली

माधव नेपालले वडाध्यक्ष त के, वडा सदस्य पनि जित्दैनन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला पुगेर माधव नेपालले चुनावमा वडा अध्यक्ष पनि नजित्ने फुर्ती लाएका छन् । मंगलबार बिर्तामोडमा आयोजित झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालले वडाध्यक्षमा पनि नजित्ने दावी गरे ।

‘जनताले माधव नेपाललाई किन भोट दिने ?’ भन्दै प्रश्न गरेका ओलीले ‘माधव नेपालले वडाध्यक्ष त के, वडा सदस्य पनि जित्दैनन्’ भने । 

प्रचण्डले आफूहरुले वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो छ भनेको भन्दै ओलीले त्यो कुराले खुसी लागेको बताए। ‘उहाँले चुनावभन्दा अगाडि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो’ उनले भने–‘माधव नेपाललाई जनताले भोट हाल्छन् अब? किन हाल्ने, एमाले फुटाएको हुनाले? एमाले टुक्र्एको हुनाले? चोइट्याएको हुनाले? के कारणले माधव नेपालाई भोट हाल्ने?’

माधव नेपालले अर्को पार्टी बनाउनका लागि नभई एमाले फुटाउनकै लागि पार्टी फुटाएको ओलीले जिकिर गरे । 

उनले सभामुख अग्निप्रसाद सापकोटाले बलमिच्याइँ थालेको भन्दै सदनमा अवरोध अझै कायम हुने बताए। एमालेले कारबाही गरेपछि गैरसांसद बनेकाहरूलाई सदनमा स्थान दिँदै सभामुख सापकोटाले बलमिच्याइँ गरेकाले सदन अवरोध गर्नुपरेको उनको भनाई छ।

केपी शर्मा ओली

विशेष