News राजनीति

भीम रावलले भट्टलाई स्विकारे इन्चार्ज, भने– यसलाई कमजोरी नठानियोस

भीम रावलले भट्टलाई स्विकारे इन्चार्ज, भने– यसलाई कमजोरी नठानियोस

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले लेखराज भट्टलाई प्रदेश इन्चार्ज स्विकार गरेको संकेत गरेका छन् । २७ भदौमा वालकोटमा आयोजित वैठकमा अध्यक्ष केपी शर्मा ओलीले ‘सुदुरपश्चिमको प्रदेश इन्चार्ज भट्टले नै चलाउने’ भन्दै सुनाएको निस्कर्षपछि अप्ठयारो अनुभव गरेका रावलले धनगढी पुगेर प्रदेश इन्चार्जमा दावी नगर्ने संकेत गरेका हुन ।

धनगढीस्थित एमाले पार्टी कार्यालयमा मंगलबार कार्यकर्तासँग छलफल गर्दै राववले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले त्यसलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए। तर, आफनो त्यागलाई कमजोरी ठानेर कसैले पाखा लगाउन खाजे त्यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिएका छन् । उनको चेतावनी अध्यक्ष ओली र प्रदेश इन्चार्ज भट्ट दुवैतर्फ रहेको कार्यकर्ताको वुझाई छ।

‘एमाले बचाउन म मात्र होइन, सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भनेको कुरा एक कार्यकर्ताले सुनाए–‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ती हुनेछ।’

पार्टीको हित हुन्छ भने आफु पद छाड्न डराउने मान्छे नभएको उनले प्रष्ट पारे । तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ नहुने उनको वुझाई छ। एमाले सुदूरपश्चिमको इन्चार्जलाई लिएर रावल र नेता लेखराज भट्टबीच विवाद छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए।

विवादबीच दुवै नेता अहिले काठमाडौंबाट सुदूरपश्चिममा केन्द्रित भएका छन्।

यो पनि

ओलीको वोलीले तिल्मिलाए रावल, आफु पक्षका नेताको छुट्टै भेला

भीम रावल नेकपा एमाले केपी शर्मा ओली बालकोट वैठक प्रदेश इन्चार्ज

विशेष