News अपराध सुरक्षा

राजधानीको सभ्यता : पेट दुखेकी महिलालाई वोक्सीको आरोपमा कुटपिट

राजधानीको सभ्यता : पेट दुखेकी महिलालाई वोक्सीको आरोपमा कुटपिट

सभ्य र भब्य मानिसहरुको वसोवास रहने भनिएको राजधानी काठमाण्डौंमै महिलामाथि वोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ।

पेट दुख्ने समस्या भएकी स्वयम्भूको ठूलो भ¥याङ वस्ने महिलालाई उपचारका लागि धामीकोमा पुर्याईएको थियो । धामी दीपेन्द्रकुमार थिङले वोक्सी लागेको भनेपछि महिलाका पति समेत मिलेर कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुले जनाए अनुसार पीडित महिलाका पति र धामीसहित कुटपिटमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार पीडित महिलाका श्रीमान् ट्याक्सी चालक हुन । घट्नामा संलग्न दशनारायण महर्जन र जनार्दन पाण्डेलाई पनि पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए ।

घट्ना ९ दिनअघिको भएपनि ढिलो गरी उजुरी आएको सिंहको भनाई छ। ढिलो गरी प्रहरीकहाँ जाहेरी दिन आउँदा पनि महिलाको शरीरमा निलडाम देखिएको उनको भनाई छ। ‘बोक्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वोक्सीको आरोप

विशेष