News

टिकटक वनाउँदा खोलामा खसेर ५ दिन अघिकी वेहुली वेपत्ता

टिकटक वनाउँदा खोलामा खसेर ५ दिन अघिकी वेहुली वेपत्ता

तनहुँमा टिकटक बनाउने क्रममा खोलामा खसेर ५ दिन अघिकी वेहुली बेपत्ता भएकी छिन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदीमा खसेर लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल वेपत्ता भएकी हुन ।

मंगलबार दिउँसो दुई जना साथीहरु लिएर घुम्न पुलचोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा खसेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

उनी काठको पुल छेउमा रहेको ढुङ्गामा उभिएकाले चिप्लिएर नदीमा खसेको उनका साथीहरुले प्रहरीलाई वताएका छन् । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

लम्सालको ५ दिन अघि विवाह भएको थियो । दुल्हन फर्काउन उनी माइत आएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।
 

टिकटक वेहुली बेपत्ता

विशेष