News

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आज काठमाण्डौंमा सम्पन्न छैटौं वार्षिक साधारणसभाले स्वर्गीय बोगटीको विचारलाई स्थापित गराउन देशभरी वैचारिक प्रशिक्षण कार्यक्रम र विचार गोष्ठि गर्ने निर्णय गरेको छ ।

माओवादी आन्दोलनमा नेता बोगटी विचारलाई जीवन व्यवहारमा लागु गर्ने नेताको रुपमा चिनिन्छन् । साधारण सभाले सात वटै प्रदेश र नुवाकोट जिल्लामा पोष्ट बहादुर बोगटी स्मृति शैक्षिक छात्रवृत्ति कोष मार्फत स्नातक तह अध्यनरत एक छात्र र एक छात्रा गरी दुई जनालाई मासिक २ हजार छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ।

पर्यटन, नागरिक उड्ययन तथा संस्कृति मन्त्री समेत रहिसकेका बोगटीको सम्झनामा हरेक वर्ष नगद २५ हजार रुपैयाको पोष्ट बहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार वितरण गर्ने, नुवाकोटको पिपलटारमा पोष्ट बहादुर बोगटी स्मृति पुस्तकालय स्थापना गर्नेलगायतका निर्णय पनि भएको छ । 

०१० साल साउन ३ गते  साबिक नुवाकोटको तुप्चे गाबिस–२ भित्रीनीटारमा वोगटीको जन्म भएको थियो । उनी आमा लेखकुमारी बोगटी र पिता भैरव बहादुर बोगटीका जेठा सन्तान हुन । बोगटीको ६१ बर्षको उमेरमा २०७१ साल भाद्र ३० गते हृदयघात र मस्तिष्कघातका कारण काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । 

पोष्ट बहादुर बोगटी निधन हुनु पुर्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय समितिको उपाध्यक्ष थिए । उनी ०२५ सालदेखि बाम राजनीतिको समर्थक भई ०३७ सालमा नेकपा चौ.म. को जिल्ला सेक्रेटरी, ०४० सालमा नेकपा (मशाल) को नुवाकोट जिल्ला सेक्रेटी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, ०४३ सालमा बाग्मती क्षेत्रीय ब्यूरो सदस्यमा मनोनित भएका थिए । 

०४५ साल देखि (मशाल) को केन्द्रीय सदस्य, ०४८ सालमा नेकपा (एकताकेन्द्र) को एकता महाधिवेसनबाट पुनः केन्द्रीय सदस्यमा चयन भएका उनी राष्ट्रिय एकता माहधिवेशनपछि कर्णाली क्षेत्रीय व्यूरोे इन्चार्ज, ०५३ सालवाट पश्चिम क्षेत्रीय व्यूरोे इन्चार्ज, ०६१ सालबाट गण्डक, राप्ती, भेरी—कर्णाली र सेती—माहाकाली क्षेत्रीय  व्यूरोे समेटेर बनेको सिङ्गो पश्चिम केन्द्रीय कमाण्डको ईन्चार्ज भएका थिए ।

०५४ सालमा नेपाल कम्युष्टि पार्टी (माओवादी) को पोलीटव्यूरोे सदस्य, ०५८ सालमा स्थायी समिति सदस्य, ०६७ सालमा पार्टीको केन्द्रीय सचिव र ०६९ सालमा  हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेनबाट महासचिवमा निर्वाचित भएका थिए ।०७१ बैसाखमा सम्पन्न पार्टीको बिराटनगर राष्ट्रिय सम्मेलन लगत्तै ०७१ साल जेष्ठमा केन्द्रीय कार्यालय पेसिसडाँडाँमा बसेको केन्द्रीय समितिको बैठकवाट उनी केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए ।

वोगटीले ०६४ सालको संबिधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साबिक निर्वाचन क्षेत्र नं. ३ वाट संबिधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँँदै, क्रमशः उर्जा, शिक्षा, संस्कृतिक, पर्यटन तथा नागरीक उड्ययन मन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गरेका थिए ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान

विशेष