News राजनीति

माओवादी केन्द्रको विधान पारित, निर्वाचन आयोग गठन

माओवादी केन्द्रको विधान पारित, निर्वाचन आयोग गठन

नेकपा माओवादी केन्द्रको मङ्गलवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आउँदो केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो ।

बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन छ । आयोगलाई पार्टीको पालिकादेखि केन्द्रसम्मको चुनाव कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताए।
 

नेकपा माओवादी केन्द्र विधान पारित

विशेष