News अपराध सुरक्षा

घाँटी रेटेर शिक्षकको विभत्स हत्या, विद्यालयकै वरण्डामा भेटियो शव

घाँटी रेटेर शिक्षकको विभत्स हत्या, विद्यालयकै वरण्डामा भेटियो शव

दैलेखमा एक शिक्षकको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । गुराँस गाउँपालिका–८ को मालिका माध्यामिक विद्यालयका शिक्षक नगेन्द्र विसीको हत्या भएको हो।

मृतक शिक्षकको शव सोमबार राति करिव १० बजे विद्यालयको बरण्डामा फेला परेको थियो। प्रहरीका अनुसार उनको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अनुमान छ।

१३ वर्षदेखि राहत शिक्षकका रुपमा विद्यालयमा कार्यरत शिक्षकको हत्या भएको ठाउँदेखि ५० मिटरको दूरीमा खुद्रा पसल र होटल छन्। तर, उनीहरुलाई हत्याको वारेमा जानकारी नभएर मंगलबार विहान दूध पु¥याउन आएकाहरुले देखेको प्रहरीले जनाएको छ ।

विद्यालयवाट करिव ५ सय मिटरको दुरीमा घर भएका शिक्षक सोमबार घर एक्लै थिए । श्रीमती जग्गा पास गर्न दैलेख सदरमुकाम गएकी थिइन् भने उनका छोराछोरी र बुवा बाँकेको नेपालगञ्जमा बस्छन्।

घटनास्थलबाट प्रहरीले मोवाइल र फरक साईज र फरक रङ्गका दुई वटा चप्पल बरामद गरेको छ। मोवाइल भने मृतक विसीकै भएको पाईएको छ भने चप्पलको विषय खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले वताए । 

प्रहरीले शंकास्पद पाँच जनालाई पक्राउ गरेको छ। उनीहरु एकै परिवारका हुन ।

शिक्षकको हत्या

विशेष