News अर्थ प्रदेश २

वाउ–छोरा मिलेर मन्त्रालयको १६ करोड झ्वाम्

वाउ–छोरा मिलेर मन्त्रालयको १६ करोड झ्वाम्

प्रदेश २ को समाजिक विकास मन्त्रालयले १६ करोडभन्दा वढिको अनियमित काम गरेको खुलेको छ । समाजिक विकास मन्त्री नवलकिशोर साह ‘रामवावु’ र उनका छोरा सुमित साह सुँडीको मिलेमतोमा उक्त रकम अनियमित तरिकाले खर्च गरेको पाईएको छ ।

वावु मन्त्री र छोरो विचौलिया भएर कमिशनको चक्करमा अनियमित तरिकाले बजेट खर्च गर्दा वेरुजु र पेश्कीको चाँङ्ग लागेको छ । समाजिक विकास मन्त्रालयको बजेटमा भ्रष्टाचार हुनु कुनै नौलो घटना होईन । यस अघि पनि मन्त्री साह र उनको छोराको कमिशनको घटनाहरु सार्वजनिक भइसकेका छन् । 

हुन त प्रदेश २ सरकार नै स्थापनाकालदेखि नै भ्रष्टाचारले वदनाम छ। त्यसममाथी समाजिक विकास मन्त्री नवल किशोर साहले आर्थिक वर्ष २०७६÷०७७ मा नियम विपरीत १६ करोड भन्दा बढीको काम गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार सामाजिक विकास मन्त्रालय तर्फ ९ करोड १९ लाख ६८ हजार वेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि मन्त्रालयले १ करोड १८ लाख ३६ हजार रुपैयाँ वेरुजु फर्छयोट गरेको छ । यद्यपी सामाजिक विकास मन्त्री साहको सेटिङमा प्रक्रिया विपरीत खर्च गरिएको ८ करोड १ लाख ३२ हजार रकम वेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक विकास मन्त्रालयको मातहतको कार्यालय, संस्था तथा समिति तर्फ रु. ८ करोड २५ लाख ८० हजार रकम वेरुजु देखिएकोमा प्रतिक्रियाबाट फर्छयोट नभएकाले समाजिक विकास मन्त्रालयको एक वर्षमा १६ करोड २७ लाख १२ हजार अभैm वेरुजु रहेको प्रतिवेदनमा देखिएको छ ।

उक्त वेरुजु मध्ये ३ करोड ६८ लाख ७२ हजार रकम समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की रहेको महालेखापरिक्षकले जनाएको छ । मन्त्रालय अन्तर्गत रहेका ७ संस्था तथा समिति तर्फ १ करोड ४५ लाख २१ हजार रकम म्याद नाघेको पेश्की रहेको छ ।

महालेखा परिक्षक प्रतिवेदन अनुसार समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की ५ करोड १३ लाख ९३ हजार रुपैयाँ पेश्की रहेको छ । जुन प्रयोजनको लागि पेश्की दिएको हो सो प्रयोजन अनुसार कार्य सम्पन्न गरी पेश्की फर्छौट गर्नु पर्ने कानूनी व्यवस्था छ । लेखापरीक्षणबाट म्याद नाघेका पेश्की नियमानुसार असूल गर्न महालेखापरीक्षकले भनेको छ ।

प्रदेश २ सामाजिक विकास मन्त्रालय नवलकिशोर साह ‘रामवावु’ सुमित साह सुँडी

विशेष