News

एमालेको अवरोधकै बीच बिनीयोजन विधेयक बहुमतले पारित

एमालेको अवरोधकै बीच बिनीयोजन विधेयक बहुमतले पारित

संसदमा एमालेका सांसदहरुको अवरोधका बीच बिनीयोजन विधेयक २०७८ बहुमतले पारित भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बिनीयोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमा केही बेर छलफलपछि सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरे। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्।  मंगलबार दिउँसो १ बजेदेखि बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले सांसदहरुले आसनबाट उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्। 

प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएको हो। त्यसयता सभामुख सापकोटाको राजीनामा माग गर्दै एमालेले संसदमा अवरोध गरिरहेको छ।

गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्वीप उलंघन गरेको आरोपमा १४ सांसदमाथि गरेको कारबाहीको सूचना संसदमा टाँस्नुपर्ने अडान एमालेले राखेको छ।

तर सभामुख सापकोटाले एमालेको उक्त निर्णय अगाडि वढाएनन् । निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ता गरिसकेपछि सभामुख सापकोटाले १४ सांसदमाथि कारबाही गर्नुनपर्ने निर्णय लिएका थिए। 

सभामुखको त्यही निर्णयपछि एमाले संसदमा आन्दोलित छ। 

बिनीयोजन विधेयक

विशेष